
मंगलबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


देशको कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागको एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातको समयमा भने प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश नं १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार
