Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘अवतार’ को दोस्रो भाग आउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सन् २००९ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतार’ आज पनि सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा छ।

यसको बक्स अफिस कलेक्सन २ दशमलव ९२ बिलियन अमेरिकी डलर (झण्डै ३ खर्ब ८६ अर्ब ९० करोड नेरू) भन्दा बढी रहेको छ।

अवतारका लेखक, निर्देशक तथा सह–निर्माता जेम्स क्यामरुनकै लेखन, निर्देशन तथा सह–निर्माणमा बनेको ‘टाइटनिक’ (१९९७) नै २ बिलियन अमेरिकी डलर कमाउने पहिलो फिल्म हो।

‘अवतार’ प्रदर्शनमा आउनुअघि सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘टाइटनिक’ नै पहिलो नम्बरमा रहेको थियो।

क्यामरुनको ड्रिम प्रोजेक्ट रहेको ‘अवतार’ ‘टाइटनिक’भन्दा अगाडि प्रदर्शनमा ल्याउने तयारी भएको थियो। सन् १९९४ मै स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको भए पनि विविध कारणले फिल्म सुट भएर प्रदर्शनमा आउन १५ वर्ष लागेको थियो।

’अवतार’ प्रदर्शनमा आउनुअघि नै क्यामरुन यसलाई फ्रेन्चाइज बनाउने योजनामा थिए। ‘अवतार’ प्रदर्शनमा आएपछि उनी अन्य फिल्मको काम नलिई यसकै फ्रेन्चाइजको काममा व्यस्त भए।

पहिलो फिल्म प्रदर्शन भएको १३ वर्षपछि ‘अवतार’को दोस्रो भाग अर्थात ‘द वे अफ वाटर’ प्रदर्शनको तयारीमा छ। २ सय ५० मिलियन अमेरिकी डलर बजेट बताइएको फिल्म आगामी डिसेम्बर १६ मा प्रदर्शनमा आउँदैछ।

भर्खरै सार्वजनिक भएको दोस्रो भागको ट्रेलरले विश्व सिनेमामा नै एउटा तरंग पैदा गरेको छ। फिल्मका अधिकांश दृश्य पानीमा छायांकन गरिएको छ।

सामान्यतया फिल्ममा पानीको दृश्य राख्नुपरे भिएफएक्स तथा एनिमेशनको प्रयोग गरिनेमा ‘अवतार २’ मा भने सबै दृश्य साँच्चिकै पानीभित्र नै छायांकन गरिएको छ। जसको लागि सबै कलाकारलाई लामो तालिम दिइएको थियो।

फिल्म छायांकनकै लागि ९ लाख ग्यालन पानीको एउटा ट्यांक बनाइएको थियो। पानीभित्र अन्य यन्त्रको प्रयोगबाट सास फेर्दा पानीमा फोकाहरू देखिने र त्यसले फिल्मको सम्पादनमा समस्या पार्ने देखिएपछि क्यामरुनले सबैलाई पानीभित्र सास नफेरी बस्ने अभ्यास गराएका थिए।

त्यहीअनुसार नै फिल्मको छायांकन भएको थियो। फिल्मकी मुख्य अभिनेत्रीमध्येकी एक केट विन्स्लेटले एक सञ्चारमाध्यममा महिनौँ दिनको अभ्यासका कारण आफू ७ मिनेट १४ सेकेन्डसम्म पानीभित्र सास नफेरी बस्न सक्ने भएको बताएकी थिइन्।

त्यस्तै उमेरले ७२ वर्ष काटेकी अर्की अभिनेत्री सिगोर्नी विवरले पनि आफू ६ मिनेटभन्दा बढी पानीभित्र सास नफेरी बस्ने सक्ने भएको बताएकी थिइन्।

गोर्नी ‘अवतार’मा वैज्ञानिक किरीको भूमिकामा देखिएकी थिइन्। दोस्रो भागमा पनि उनको यही पात्रले निरन्तरता पाउनेछ भने केट र क्यामरुनले ‘टाइटनिक’पछि पहिलो पटक सहकार्य गरेका हुन्।

फिल्मको दोस्रो भाग आउन १३ वर्ष लागे पनि अब भने हरेक २ वर्षमा अवतारका नयाँ भाग ल्याउने तयारीमा निर्माण टोली रहेको छ। दोस्रो र तेस्रो भागको छायांकन एकसाथ गरिएको थियो।

‘अवतार’को पहिलो भाग बनाउनका लागि प्रविधिको विकास नभएकाले क्यामरुन केही वर्ष रोकिनु परेको थियो।

यो पटक पनि उनले सोचेको जस्तो पानीभित्रको दृश्य खिच्न कुनै क्यामेराको विकास भइसकेको थिएन। फिल्म खिच्नकै लागि क्यामरुनले सोनीसँग सहकार्य गरी नयाँ क्यामेरा बनाएका थिए। सोही क्यामेराले यो फिल्म खिचिएको हो।

फिल्म प्रदर्शन हुनुअगाडि नै ‘अवतारः द वे अफ वाटर’ले बक्स अफिसमा ‘अवतार’को कीर्तिमान तोड्ने अनुमान गरेका छन्।

सन् १९९७ मा ‘टाइटनिक’ र २००९ मा ‘अवतार’ले जस्तै ‘अवतार २‘ ले पनि कमाइको नयाँ कीर्तिमान बनाउँछ या यो पटक क्यामरुनलाई आफ्नै कीर्तिमान भंग गर्न गाह्रो पर्छ त्यो भने हेर्न बाँकी छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति
देश/राष्ट्रिय

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

बैशाख १८, २०८३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

बैशाख १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व