सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा मुख्य निर्वाचन अधिकृत सहित तीनै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना

89
Sana Kishan

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन । बिहीबार कञ्चनपुरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन । मुख्य निर्वाचन अधिकृत सहित दुई निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन ।

क्षेत्र १ को बेलौरी २ को शुक्लाफाँटा झलारी र ३को भीमदत्त नगर महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका हुन । १को बेलौरी नगरपालिका ६पुरानो भवन, २को शुक्लाफाँटा नगरपालिका ४कालिका मावि असैनाको भवन र ३को भीत्तदत्त नगरपालिका ४ महेन्द्रनगर जिसस कञ्चनपुर हलमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन ।

Arus
Karnali Traders

कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार जयन्ती अवस्थीले भीमदत्त नगरपालिका ४महेन्द्रगर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित क्षेत्र नम्बर ३को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताईन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, मुख्य निर्वाचन अधिकृत धुव्र प्रशाद शाह, निर्वाचन अधिकारी उदयराज जोशी सहितका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र १मा कृष्ण प्रशाद नेपाल, २ मा मोहनी प्रशाद जोशी सहितका अधिकारीको उपस्थिति रहेको थियो । कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश धुव्र कुमार शाहलाई निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेबारी दिएको छ ।

उपसचिवद्वय मोहन प्रशाद जोशीलाई क्षेत्र २को निर्वाचन अधिकृत र कृष्ण प्रशाद नेपाललाई क्षेत्र १को निर्वाचन अधिकृतको जिम्मेबारी दिईएको छ । यस पटक निर्वाचन अधिकृतको कार्यालय पनि सम्बन्धीत क्षेत्रको भूगोलमा खोलिएका छन । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा कानुन अनुरुप निर्वाचन गराउने अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन । जनसरोकार पोस्टबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.