सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा मन्दिर पसेको भन्दै दलितमाथि कुटपिट, वडाध्यक्ष प्रहरी नियन्त्रणमा

कञ्चनपुर : बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको हो ।

Sana Kishan

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहकाे बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.