सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् ।

Sana Kishan

उनीहरुलाई मंगलबार साँझ बेलौरी नगरपालिका–६ वैशाखाबाट २ ग्राम १६ मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले मे ७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको जनाइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.