सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दसैं तिहारमा घर फर्किरहेका सुदुरपश्चिमेलीहरु ठगिदैं सिमा नाकामा

कैलाली– दसैंतिहार मानाउन घर फर्किने सुदुरपश्चिमेलीहरु सिमा नाकामा ठगिन थालेका छन् । रोजगारी लागि भारत बिभिन्न मुलुकहरुमा गएका सुदुरपश्चिमेलीहरु फकिर्ने क्रम बढ्दो भएसँगै नाकामा ठगिन थालेका हुन् ।

अहिले गौरीफन्टा नाका तथा गड्डाचौकी नाका भएर घर फर्किरहेका नेपाली कामदार सीमा क्षेत्रसम्ममा मनपरी भाडा उठाउने गरेको पाइएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको हिमाचल पुगेका बाँके कोहलपुरका पुष्कर शाही दसैंतिहार मनाउन हिजो मंगलबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । दिउँसो सीमावर्ती बजार वनबासा पुगेका उनले नेपाल–भारत सीमासम्म ५ गुणा बढी सवारी भाडा तिर्नुपरेको कुरा बताए । वनबासादेखि नेपाल–भारत सीमासम्मको भाडा ५० रुपैयाँ हो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

दसैंतिहारमा घर फर्किने नेपाली कामदारबाट अहिले सीमा क्षेत्रमा मनपरी भाडा उठाउने गरिएको छ । ५० रुपैयाँ तिर्नुपर्नेमा अढाई सय बुझाएको शाहीले बताए । उनी प्रायः नेपालगन्जको रुपैडिया नाकाबाट आउजाउ गर्थे ।

पहिलो पटक गड्डाचौकीबाट आएका उनलाई स्थानीय भाडाका विषयमा जानकारी थिएन । ‘वनबासादेखि दुई जना आयौं, साढे ५ सय ति¥यौं,’ शाहीले भने, ‘कति भाडा पर्छ भनेर थाहा नहुँदा दुःख पाइयो ।’ सोमबार राति हरिद्वारबाट सार्वजनिक यातायात चढेर वनबासा पुगेका उनले ४ सय ९० रुपैयाँ भाडा तिरेका थिए । तर वनबासादेखि सीमानाकासम्म ८ किलोमिटर दूरीमा उनले त्यसभन्दा बढी भाडा तिरे । शाही जेठ दोस्रो साता रोजगारीका लागि हिमाचल पुगेका थिए ।

Sana Kishan

उनी बर्सेनि स्याउ टिप्ने सिजनमा हिमाचल पुग्छन् । दुई÷चार महिना मजदुरी गरेर दसैंतिहारमा घर फर्किन्छ । ‘दसैंतिहार मनाएर फेरि काममा फर्किन्छौं,’ उनले भने, ‘यो बाटोमा धेरै लुटपाट हुँदो रहेछ, अब उतै (रुपैडिया) बाट जान्छौं ।’ अछाम ढकारीका गंगा बुढाले पनि सीमा क्षेत्रमा दोब्बर भाडा तिरेको सुनाए । हिमाचलबाटै फर्किन लागेका उनले पनि ५० रुपैयाँ भाडा तोकिएको वनबासादेखि नेपाल–भारत सीमासम्म १ सय भारतीय रुपैयाँ तिरेका हुन् ।

साउन दोस्रो साता खेतीपातीको काम सकेर हिमाचल पुगेका उनी दुई महिना स्याउ टिप्ने काम गरेर घर फर्किन लागेका हुन् । ‘खेती भित्र्याउने बेला पनि भयो, दसैंतिहार पनि आयो,’ उनले भने, ‘अलिअलि कमाएर घर फर्किन लागे पनि बाटोमै खर्च हुन थाल्यो । ’ गड्डाचौकी नाकामा यतिबेला दसैंतिहारका लागि घर फर्किनेको भीड बढ्न थालेको छ ।

रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपाली चाडबाड मनाउन घर आउन लागेका हुन् । तर फर्किंदा बाटोमै भाडामा ठगिने तथा नशालु पदार्थ खुवाएर लुटिनेलगायतका घटना भइरहन्छन् । लामो दूरीको यात्राका क्रममा भन्दा पनि सीमानाकाको छोटो दूरीका भाडामा यात्रु बढी ठगिन्छन् ।

छोटो दूरीमा चल्ने मोटरसाइकल, अटोरिक्सा र साना सवारी चालकहरूले मनपरी भाडा असुल्ने गरेका हुन् । तर यसरी ठगिनेहरू प्रहरीलाई खबर गरे सोधपुछ गर्ने तथा अनावश्यक झमेला हुने डरका कारण उजुरी नगरेर घरतिरै जाने गरेका छन् ।

‘कहीं पनि केही नभनी हिँड्यौं, प्रहरीकहाँ गए समय पनि बर्बाद हुन्छ,’ बुढाले भने, ‘त्यतिबेलासम्म त हामी घर पुगिहाल्छौं ।’ घर फर्किनेको चाप बढेसँगै नाकामा कडाइ गरिएको छ । प्रहरीले यात्रुको सुरक्षाका लागि हेल्प डेस्कसमेत स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत ल्याएर मंगलबारदेखि जाँच भइरहेको हो । साभार कान्तिपुर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.