Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दसैं तिहारमा घर फर्किरहेका सुदुरपश्चिमेलीहरु ठगिदैं सिमा नाकामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कैलाली– दसैंतिहार मानाउन घर फर्किने सुदुरपश्चिमेलीहरु सिमा नाकामा ठगिन थालेका छन् । रोजगारी लागि भारत बिभिन्न मुलुकहरुमा गएका सुदुरपश्चिमेलीहरु फकिर्ने क्रम बढ्दो भएसँगै नाकामा ठगिन थालेका हुन् ।

अहिले गौरीफन्टा नाका तथा गड्डाचौकी नाका भएर घर फर्किरहेका नेपाली कामदार सीमा क्षेत्रसम्ममा मनपरी भाडा उठाउने गरेको पाइएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको हिमाचल पुगेका बाँके कोहलपुरका पुष्कर शाही दसैंतिहार मनाउन हिजो मंगलबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । दिउँसो सीमावर्ती बजार वनबासा पुगेका उनले नेपाल–भारत सीमासम्म ५ गुणा बढी सवारी भाडा तिर्नुपरेको कुरा बताए । वनबासादेखि नेपाल–भारत सीमासम्मको भाडा ५० रुपैयाँ हो ।

दसैंतिहारमा घर फर्किने नेपाली कामदारबाट अहिले सीमा क्षेत्रमा मनपरी भाडा उठाउने गरिएको छ । ५० रुपैयाँ तिर्नुपर्नेमा अढाई सय बुझाएको शाहीले बताए । उनी प्रायः नेपालगन्जको रुपैडिया नाकाबाट आउजाउ गर्थे ।

पहिलो पटक गड्डाचौकीबाट आएका उनलाई स्थानीय भाडाका विषयमा जानकारी थिएन । ‘वनबासादेखि दुई जना आयौं, साढे ५ सय ति¥यौं,’ शाहीले भने, ‘कति भाडा पर्छ भनेर थाहा नहुँदा दुःख पाइयो ।’ सोमबार राति हरिद्वारबाट सार्वजनिक यातायात चढेर वनबासा पुगेका उनले ४ सय ९० रुपैयाँ भाडा तिरेका थिए । तर वनबासादेखि सीमानाकासम्म ८ किलोमिटर दूरीमा उनले त्यसभन्दा बढी भाडा तिरे । शाही जेठ दोस्रो साता रोजगारीका लागि हिमाचल पुगेका थिए ।

उनी बर्सेनि स्याउ टिप्ने सिजनमा हिमाचल पुग्छन् । दुई÷चार महिना मजदुरी गरेर दसैंतिहारमा घर फर्किन्छ । ‘दसैंतिहार मनाएर फेरि काममा फर्किन्छौं,’ उनले भने, ‘यो बाटोमा धेरै लुटपाट हुँदो रहेछ, अब उतै (रुपैडिया) बाट जान्छौं ।’ अछाम ढकारीका गंगा बुढाले पनि सीमा क्षेत्रमा दोब्बर भाडा तिरेको सुनाए । हिमाचलबाटै फर्किन लागेका उनले पनि ५० रुपैयाँ भाडा तोकिएको वनबासादेखि नेपाल–भारत सीमासम्म १ सय भारतीय रुपैयाँ तिरेका हुन् ।

साउन दोस्रो साता खेतीपातीको काम सकेर हिमाचल पुगेका उनी दुई महिना स्याउ टिप्ने काम गरेर घर फर्किन लागेका हुन् । ‘खेती भित्र्याउने बेला पनि भयो, दसैंतिहार पनि आयो,’ उनले भने, ‘अलिअलि कमाएर घर फर्किन लागे पनि बाटोमै खर्च हुन थाल्यो । ’ गड्डाचौकी नाकामा यतिबेला दसैंतिहारका लागि घर फर्किनेको भीड बढ्न थालेको छ ।

रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा पुगेका नेपाली चाडबाड मनाउन घर आउन लागेका हुन् । तर फर्किंदा बाटोमै भाडामा ठगिने तथा नशालु पदार्थ खुवाएर लुटिनेलगायतका घटना भइरहन्छन् । लामो दूरीको यात्राका क्रममा भन्दा पनि सीमानाकाको छोटो दूरीका भाडामा यात्रु बढी ठगिन्छन् ।

छोटो दूरीमा चल्ने मोटरसाइकल, अटोरिक्सा र साना सवारी चालकहरूले मनपरी भाडा असुल्ने गरेका हुन् । तर यसरी ठगिनेहरू प्रहरीलाई खबर गरे सोधपुछ गर्ने तथा अनावश्यक झमेला हुने डरका कारण उजुरी नगरेर घरतिरै जाने गरेका छन् ।

‘कहीं पनि केही नभनी हिँड्यौं, प्रहरीकहाँ गए समय पनि बर्बाद हुन्छ,’ बुढाले भने, ‘त्यतिबेलासम्म त हामी घर पुगिहाल्छौं ।’ घर फर्किनेको चाप बढेसँगै नाकामा कडाइ गरिएको छ । प्रहरीले यात्रुको सुरक्षाका लागि हेल्प डेस्कसमेत स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत ल्याएर मंगलबारदेखि जाँच भइरहेको हो । साभार कान्तिपुर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व