सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा फेरि वडाबाटै सामाजिक सुरक्षा भत्ता

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिकाले फेरि वडा कार्यालयहरुबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। नगरपालिकाले आज (मंगलबार)देखि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

Sana Kishan

गत वर्ष वडा कार्यालयबाट भत्ता वितरण नगरिँदा नागरिकले सास्ती भोग्नु परेको भन्दै यो वर्षबाट फेरि वडा कार्यालयहरुबाटै भत्ता वितरण गर्न लागिएको बताइएको छ। नगरपालिकाको सूचना अनुसार १३ गतेसम्म १ नम्बर वडाबाट भत्ता वितरण गरिनेछ।

१४, २३ र २४ गते २ नम्बर वडा, २५ देखि २८ गतेसम्म ३ नम्बर वडा, ३० देखि कार्तिक १ सम्म ४ नम्बर वडा, २ देखि ४ गतेसम्म ५ नम्बर वडा, ६ु १४ र १५ गते ६ नम्बर वडा, १६ देखि २० गतेसम्म ७ नम्बर वडा, २१ देखि २४ गतेसम्म ८ नम्बर वडा, २५ देखि २८ गतेसम्म ९ नम्बर वडा र २९ देखि मंसिर २ गतेसम्म १० नम्बर वडामा भत्ता वितरण गरिनेछ।               

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.