
महेन्द्रनगर । निर्वाचन आयोगले भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरेको छु उनले भने । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आज राती १२ बजेबाट आचार संहिता लागू गर्ने भएको हो ।

