सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने

Far weast coaching ad
109
Sana Kishan

बैतडी– आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो ।

Arus

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरुका तर्फबाट नेपाली कांगे्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताउनुभयो ।

संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाएको छ ।

संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ ।

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले टिकट नपाएमा गठबन्धन दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयका बिषयमा पनि जानकारी गराइएको छ ।

Karnali Traders

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने निर्णय गरेको छ । समानुपातिकमा महिला, खसआर्य, दलित सबै कोटमा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो ।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै पूर्व पार्टी सभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐर, सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य कान्ता चन्द, तेजबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

गठबन्धन दलहरुबीच बैतडीमा कसले टिकट पाउने भन्ने निर्णय नभइसकेको अवस्थामा नेपाली कांग्रेस बैतडीले गरेको निर्णयले यो बिषय झन् पेचिलो बन्ने देखिएको छ । गठबन्धन दलहरुबीच सीट बाँडफाँडका बिषयमा सहमति नभइसकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो ।

स्थानीय तहको निर्वाचन बैतडीमा कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८ र नेकपा एकीकृत समाजवादी ३ हजार १४० मत प्राप्त गरेको थियो । दिव्यास्त्र बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.