Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ११, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैतडी– आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो ।

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरुका तर्फबाट नेपाली कांगे्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताउनुभयो ।

संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाएको छ ।

संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ ।

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले टिकट नपाएमा गठबन्धन दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयका बिषयमा पनि जानकारी गराइएको छ ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने निर्णय गरेको छ । समानुपातिकमा महिला, खसआर्य, दलित सबै कोटमा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो ।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै पूर्व पार्टी सभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐर, सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य कान्ता चन्द, तेजबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

गठबन्धन दलहरुबीच बैतडीमा कसले टिकट पाउने भन्ने निर्णय नभइसकेको अवस्थामा नेपाली कांग्रेस बैतडीले गरेको निर्णयले यो बिषय झन् पेचिलो बन्ने देखिएको छ । गठबन्धन दलहरुबीच सीट बाँडफाँडका बिषयमा सहमति नभइसकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो ।

स्थानीय तहको निर्वाचन बैतडीमा कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८ र नेकपा एकीकृत समाजवादी ३ हजार १४० मत प्राप्त गरेको थियो । दिव्यास्त्र बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व