सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गड्डाचौकीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

Far weast coaching ad
102
Sana Kishan

कञ्चनपुर : चाडपर्वका बेला हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा योजना लागु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाको गड्डाचौकी नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको हो। पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए।

Karnali Traders

उनले दसैंका समयमा हुनसक्ने अपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको बताए। “गड्डाचौकी नाकादेखि खक्रौला नाकासम्मको ४२ किलोमिटर राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेका छौं”, उनले भने, “यात्रुहरूको सहजताका लागि बस व्यवसायीहरूसँग समन्वय गरेर यातायात सेवामा सहजीकरण गरिराखेका छौँ।” चाडपर्व सुरु भएसँगै गड्डाचौकी नाका भएर घर फर्किनेहरूको भिड लाग्न थालेको छ।

 

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.