सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामाजिक सेवाको माध्यमबाट नै समाज रुपान्तरण सम्भव छ : प्रधानमन्त्री शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्।

बिहीबार समाज कल्याण परिषद्ले ४३औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताएका हुन्।

उनले यस्ता समाजसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको उनले बताए।

उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारण व्यक्त गरे । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.