सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

Far weast coaching ad
96
Sana Kishan

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही न्यून
चापीय रेखाको प्रभावका कारण आज बिहानैदेखि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

Arus
Karnali Traders

पछिल्लो १२ घण्टामा नवलपरासीको परासी आसपासको क्षेत्रमा एक सय आठ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको देउराली नवलमा ६० दशमलव चार र दाङको कोइलावासमा ८० दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो शनिवारसम्म नै देशभर पानी पर्ने र कतै–कतै अतिभारी वर्षा र भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । शनिवार बेलुकादेखि भने पानी पर्न बिस्तारै कम हुँदै जाने मौसमविद् भट्टराईले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.