कञ्चनपुर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र २बाट नेपाली काँग्रेस उम्मेदवार सिफारिस गरेको छ ।
काँग्रेंस क्षेत्र, जिल्ला र प्रदेशले केन्द्रीय समितिमा ३ जना नेताको नाम सिफारिस गरेको हो । काँग्रेस क्षेत्र २ स्रोतका अनुसार एनपी साउद, हरि प्रशाद बोहरा र प्रेम बलायरको नाम सिफारिस भएको छ । काँग्रेसबाट संघ तर्फ यस पटक साउद पुरानै र बोहरा, बलायर नयाँ नेता देखिएका छन । साउद पटक पटक उक्त क्षेत्रबाट टिकट पाएर संसदमन्त्री भईसकेका नेता हुन ।
भने बोहरा र बलायर नयाँ अनुहार देखिएका छन । साउदले पटक पटक उक्त क्षेत्रबाट अवसर पाएको भन्दै यस पटक नयाँ आँकाक्षी नेतालाई अबसर दिनुपर्ने समेत आवाज उठेको छ । साउद पछि बलिया काँग्रेस कञ्चनपुरका निर्वतमान सभापति हरि प्रशाद बोहरा नै भएको नेता कार्यकर्ताको विश्लेषण गरिएको छ ।
‘राष्ट्रिय राजनीतिमा दखल राख्ने साउदलाई समानुपातिक जानुपर्ने हामीले सुझाव दिएका छौँ, ‘एक काँग्रेस नेताले भने, ‘नयाँलाई पनि एक पटक अवसर दिनुप¥यो ।’ यस पटक नयाँ नेता बोहरालाई समेत अघि सानुपर्ने आवाज उठिरहेको नेता कार्यकर्ताले बताईरहेका छन । ‘सधै हरेक पटक एकै नेता अघि सार्दै के लोकतान्त्रिक अभ्यास समेत नहुने भयो, ‘ति काँग्रेस नेताले भने, ‘लोकतान्त्रिक पार्टीमा विधी पदती अनुरुप सबैलाई आलोपालो गरेर अघि बढ्नुपर्छ ।’ टिकटका लागि तीनै नेता अस्सिएका छन । यो खबर जनसरोकार पोस्ट दैनिकमा छ ।









Discussion about this post