सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका केही ठाउँमा ठूलो पानी पर्दै, १/२ दिन लगातार वर्षाको सम्भावना

अहिले काठमाण्डौसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, खोपासी र आसपासको क्षेत्र, ललितपुरको गोदावरी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

Sana Kishan

भारतको हिमाञ्चल प्रदेशबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज राति पनि बाग्मती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ भने पर्सि शनिवारदेखि भने सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यसैबीच देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पाँचखाल, खोपासी भइ बग्ने चाँखोला, झिकुखोला, रोशी खोला, इन्द्रावती लगायतका नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close