सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज वाग्मतीका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आज वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

Sana Kishan

वाग्मती प्रदेशका एक÷दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

मौसमविद्का अनुसार आज वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशको मौसम बद्ली भएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close