सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वी क्षेत्रमा मौसम बदली : प्रदेश–१, मधेस र वाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Sana Kishan

बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा रहेकाले विशेषगरी अबको केही दिन पूर्वी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना छ ।

कर्णाली, सुदूरपश्चिमलगायतका ठाउँमा पानी पर्ने सम्भावना खासै छैन । यी प्रदेशमा दिउँसो चर्को घाम लाग्नेछ भने राति सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी बाहेकका प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । उज्यालो अनलाइन बाट साभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.