सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तराईका जिल्लामा आज दिनभरि झरी र केही ठाउँमा ठूलो वर्षाको सम्भावना

गएरातिदेखि नै तराईका जिल्लामा पानी परिरहेको छ । मनसुनको न्यून–चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

Sana Kishan

मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरि नै तराईका जिल्लामा झरी पर्ने सम्भावना छ । उहाँका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेले बताउनुभयो ।

उहाँका अनुसार मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा राति ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.