सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चट्याङ सहित भारी वर्षाको सम्भावना

हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Sana Kishan

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

World Link Ads
Mahakali Polytechnic

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.