सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा आज भारी बर्षाको सम्भावना

सुदूरपश्चिममा सोमबार भारी वर्षाको सम्भावना रहेको छ । आज प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि नै सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

Sana Kishan

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । देशैभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिमसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.