सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो समर्थन छ : उपमेयर सुनिता डङ्गोल

काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले काठमाण्डौ महानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो ।

उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएर पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाण्डौ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।’

‘अनधिकृत यस्ता संरचना हटाउने अभियान काठमाण्डौ महानगरपालिकाको हो । म काठमाण्डौ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाण्डौ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ’उहाँले लेख्नुभएको छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.