डडेल्धुरामा आज अथार्त आईतबार जीप दुर्घटनामा ८ जना घाइते भएका छन ।
डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकामतर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना भएकोे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाो छ ।
तेस्तै घाइते हुनेमा अमरगढी नगरपालिका वडा नम्बर १ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) रहेका छन्।
यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल, जनक मल्ल र जीप चालक यदुनाथ उप्रेती पनि घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।
घाइतेहरुको उद्धार कार्य जारी रहेका प्रहरीले बताइएको छ । जीप आइतबार दिउँसो साढे १ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।
जीप झाडी क्षेत्रमा दुर्घटना भएकाले अन्य पनि घाइते हुनसक्ने आशंकामा प्रहरीले खोजी जारी राखेको हो । गोदावरी न्युज बाट सभार