सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बाजुराको सेलाघाटमा बाढी, तीन परिवार विस्थापित

23
Sana Kishan

बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ९ सेलाघाटको सिङ्गो बस्ती बाढीका कारण जोखिममा परेको छ ।

शुक्रबार रातीको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको बाढीले सेलाघाट बस्ती नै जोखिममा परेको हो ।

Arus
Karnali Traders

सेलाघाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो । अहिलेसम्म बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले बताए।सेलाघाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो ।

Nepali Khaja

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी राती करिब १ बजेतिर आएको हो । बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट अन्यत्र सरेका थिए ।

खहरे खोलाको बाढीकै कारण साँफे मार्तडी सडक पनि अवरुद्ध भएको छ।बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ ।अहिले सबै परिवार सुरक्षित रहेको र अन्यत्र बासका लागि प्रबन्धक गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.