सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको बुढीगंगा आएको बाढीले चार घर बगायो

बाजुरा – मंगरबार राति परेको अविरल वर्षाका कारण बाजुरामा बाढी आएपछि चारवटा घर बगाएको छ । जिल्लाको बुढीगंगा नदीमा अविरल वर्षाले आएको बाढीले घर बगाएको हो । बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन् ।

Sana Kishan

स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको प्रहरीले जानकारी दिएको छ ।

मानिसहरुको उद्धार गर्न र विस्थापित परिवारलाई सुरक्षित ठाउँमा लैजानको लागि नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । चार परिवारका २३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.