डडेल्धुरा – डडेल्धुरामा एक युवकको शव फेला परेको छ । आज बिहान आलिताल गाउँपालिका–४ घरेलु बस्ने २२ वर्षीय शेरबहादुर मडैको शव झुन्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले बताउनु भयो ।
अहिले इलाका प्रहरी कार्यालय जोगबुढाको टोली आएर शवको स्थलगत अनुसन्धान गरिएकोे उहाले बताउनु भएको छ ।
मृतक मडैको घरमा डेढ वर्षीया छोरा र श्रीमती रहेका छन् । गोदावरी न्युज बाट सभार