Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रचण्डलाई केपी शर्मा ओलीको प्रश्न : हतियार केका लागि उठाइएको थियो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारिएको बताए ।

 


‘माओवादीको सटकट बाटो सत्तामा पुग्नेबाहेक केही थिएन । कम्युनिस्टसँग मुख्य शत्रुता थियो, काँग्रेससँग पनि थियो’, ओलीले भने, ‘लोकप्रिय सरकार चलाउन सकिन्छ भन्ने स्थापित भैसकेपछि माओवादीले हतियार उठायो ।’
उनले माओवादीले सशस्त्र आन्दोलन थाल्दाका माग सर्वपक्षीय गोलमेच सम्मेलन, सर्वदलीय सरकार, र संविधान सभा मात्रै रहेको बताए ।

‘संविधानसभाका लागि हतियार उठाउनुपर्थ्यो ? र अहिलेसम्म पनि माओवादीले केका लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ । उनले अनावश्यक समयमा हतियार उठाउने, देशमा विग्रह मच्चाउने र युवाहरुलाई खाडीमा पठाउने काम माओवादीले नै गरेको दावी गरे । ‘कुनै उद्यम गर्न माओवादीले दिँदै दिएन । ६३ मा संसदमा जाने, ६४ मा सरकारमा जाने, ६५ मा प्रधानमन्त्री हुने र त्यसपछि छवि कार्कीलाई घरमा गएर हड्डी भाँचेर मार्नुपर्ने कारण के हो ? प्रचण्डलाई थाहा छ ?’ छवि कार्कीको हत्या कमजोरी थियो भनेर प्रचण्डले आजका दिनमा भन्न सक्नुपर्ने बताए ।

‘अलिकति लज्जाबोध छैन, ढुंगाले हानेर, हड्डी भाँचेर, मैले छवि कार्कीको शव हेरेको थिएँ । नेपाली जनतासँग माफी माग्नु छैन । जनता पनि कहिले सचेत हुने होला त्यस्तालाई पनि अझै भोट हालिरहेका छन्’, ओलीको भनाइ छ । उनले हिजो पनि राजीखुशी भोट नदिएको भन्दै कमसेकम अब आँखा खोल्न आग्रह गरे । उनले प्रचण्डपथ भनेको देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ भएको आरोप लगाए । रातोपाटी बाट सभार 

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व