Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्तो प्रवृत्ति जसले दाम्पत्य जीवनलाई खल्लो बनाउँछ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार २०, सोमबार २१:४७
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आत्ममुग्ध अर्थात् आफैंमा मग्न हुने प्रवृत्ति । मानौं, दम्पतीमध्ये एक जनामा यस किसिमको प्रवृत्ति छ भने कस्तो हुन्छ ? के उनीहरुको पारिवारिक जीवन रसिलो अनि कसिलो हुन्छ ? वा उराठलाग्दो ?

के हो नार्सिसिज्म (आत्ममुग्ध)?

नार्सिसिज्म (आत्ममुग्ध)को अवधारणा १७ औं शताब्दीदेखि सुरुवात भएको हो । आफूकेन्द्रित भएर सोच्ने, अरुको बारेमा नसोच्ने बढेसँगै यसलाई मानिसको अहम्तासँग हेरियो । एक व्यक्तिको अहम्ता कतिसम्मको हुन्छ भनेर गरिएको अनुसन्धानबाट नार्सिसिज्म शब्दको उत्पति भएको मानिन्छ ।

घरपरिवारको बारेमा नसोच्ने, परिवारका आवश्यकतालाई बेवास्ता गर्ने, आफूलाई नै केन्द्रमा राखे प्रवृत्ति नै नार्सिसिज्म (आत्ममुग्ध) हो ।

यस्ता व्यक्ति कस्ता हुन्छन् ?

यस्ता व्यक्तिले गर्ने संवाद एकतर्फी मात्र हुन्छ, आफ्नो कुरा मात्र भन्ने अरुको कुरा नसुन्ने । अरुको कुरा सुन्नमा यस्ता व्यक्तिले धैर्यता राख्दैनन् ।

उनीहरु अरुको कुरा बुझ्ने प्रयास समेत गर्दैनन् । अरुको कुरालाई राम्रोसँग ध्यान नदिने हुनाले यस्ता प्रवृत्तिका आफ्नो मात्र दृष्टिकोण बनाउँछन् । अरुको फरक दृष्टिकोणलाई स्वीकार्ने चेष्टा गर्दैनन् ।

कुनै नियम मेरो लागि होइन, अरुको लागि बनाएको भन्ने उनीहरुको सोचाइ हुन्छ । यसरी आफ्नै मात्र कुराले जित्न खोज्ने स्वभावका व्यक्तिलाई नार्सिसिज्म (आत्ममुग्ध) मानसिक रोग भएको हुनसक्छ ।

सबल र कमजोर पक्ष

आत्ममुग्ध मानसिक रोग भएकाले यसलाई सबल भनेर भन्न मिल्दैन । यस्ता रोग भएका मानिसलाई अरुको वास्ता नहुने भएकाले उनीहरु आफूलाई खुसी मानिस समेत मान्ने गर्छन् । यस्ता व्यक्ति सफल पनि हुन्छन् । आफूकेन्द्रित निर्णय गर्ने हुनाले उनीहरु आफ्नो लक्ष्यमा पनि चाँडै पुग्छन् ।

तर पैसा र शक्तिलाई मात्रै सफलता मान्न नसकिने भएकाले सामाजिक रुपमा भने यस्तो प्रवृत्ति राम्रो हुँदैन ।

नार्सिसिज्म (आत्ममुग्ध)ले दाम्पत्य जीवनमा पर्ने असर

दाम्पत्य सम्बन्धमा दुई व्यक्तिको अस्तित्व हुन्छ । दुवैले एकअर्काको अस्तित्व स्वीकार गरे मात्रै वैवाहिक जीवन सहजतापूर्वक अघि बढ्न सक्छ । तर दुईमध्ये एकमा आत्मकेन्द्रित प्रवृत्ति भए यसले दाम्पत्य जीवनमा समस्या ल्याउँछ । यो प्रवृत्ति वा रोगलाई बेलैमा उपचार नगरे वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ ।

आत्मकेन्द्रित प्रवृत्तिले सम्बन्धलाई कमजोर बनाउँछ, अनि त्यसप्रति विश्वास नै हराउँदै जान्छ ।

समाधान कसरी गर्न सकिन्छ ?

आत्ममुग्ध स्वभाव भएका व्यक्तिको उत्तम उपचार भनेको मनोचिकित्सकसँगको परामर्श नै हो । साथै म्यारिज काउन्सिलर र कफ काउन्सिलरसँग पनि परामर्श लिन सकिन्छ ।

परिवारका सदस्यसँग छलफल गर्नुका साथै आफ्नो स्वभावको समीक्षा गर्ने बानीको विकास गर्नुपर्छ । हप्तामा एक पटक वा १५ दिनमा आफ्नो स्वभाव र व्यवहारबारे छलफल गर्नुपर्छ । अरुको कुरा सुन्नमा जोड दिन गाह्रो भए पनि सुन्ने बानी बसाल्नुपर्छ । सुरुवाती समयमा एकदमै गाह्र्रो भए पनि परामर्श र थेरापीले यसलाई सहज बनाउन सकिन्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २०, सोमबार २१:४७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २०, सोमबार २१:४७
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७९ असार २०, सोमबार २१:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार २०, सोमबार २१:४७
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार २०, सोमबार २१:४७
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार २०, सोमबार २१:४७
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार २०, सोमबार २१:४७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार २०, सोमबार २१:४७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार २०, सोमबार २१:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व