सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो प्रवृत्ति जसले दाम्पत्य जीवनलाई खल्लो बनाउँछ !!

आत्ममुग्ध अर्थात् आफैंमा मग्न हुने प्रवृत्ति । मानौं, दम्पतीमध्ये एक जनामा यस किसिमको प्रवृत्ति छ भने कस्तो हुन्छ ? के उनीहरुको पारिवारिक जीवन रसिलो अनि कसिलो हुन्छ ? वा उराठलाग्दो ?

के हो नार्सिसिज्म (आत्ममुग्ध)?

नार्सिसिज्म (आत्ममुग्ध)को अवधारणा १७ औं शताब्दीदेखि सुरुवात भएको हो । आफूकेन्द्रित भएर सोच्ने, अरुको बारेमा नसोच्ने बढेसँगै यसलाई मानिसको अहम्तासँग हेरियो । एक व्यक्तिको अहम्ता कतिसम्मको हुन्छ भनेर गरिएको अनुसन्धानबाट नार्सिसिज्म शब्दको उत्पति भएको मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic

घरपरिवारको बारेमा नसोच्ने, परिवारका आवश्यकतालाई बेवास्ता गर्ने, आफूलाई नै केन्द्रमा राखे प्रवृत्ति नै नार्सिसिज्म (आत्ममुग्ध) हो ।

यस्ता व्यक्ति कस्ता हुन्छन् ?

यस्ता व्यक्तिले गर्ने संवाद एकतर्फी मात्र हुन्छ, आफ्नो कुरा मात्र भन्ने अरुको कुरा नसुन्ने । अरुको कुरा सुन्नमा यस्ता व्यक्तिले धैर्यता राख्दैनन् ।

उनीहरु अरुको कुरा बुझ्ने प्रयास समेत गर्दैनन् । अरुको कुरालाई राम्रोसँग ध्यान नदिने हुनाले यस्ता प्रवृत्तिका आफ्नो मात्र दृष्टिकोण बनाउँछन् । अरुको फरक दृष्टिकोणलाई स्वीकार्ने चेष्टा गर्दैनन् ।

कुनै नियम मेरो लागि होइन, अरुको लागि बनाएको भन्ने उनीहरुको सोचाइ हुन्छ । यसरी आफ्नै मात्र कुराले जित्न खोज्ने स्वभावका व्यक्तिलाई नार्सिसिज्म (आत्ममुग्ध) मानसिक रोग भएको हुनसक्छ ।

Sana Kishan

सबल र कमजोर पक्ष

आत्ममुग्ध मानसिक रोग भएकाले यसलाई सबल भनेर भन्न मिल्दैन । यस्ता रोग भएका मानिसलाई अरुको वास्ता नहुने भएकाले उनीहरु आफूलाई खुसी मानिस समेत मान्ने गर्छन् । यस्ता व्यक्ति सफल पनि हुन्छन् । आफूकेन्द्रित निर्णय गर्ने हुनाले उनीहरु आफ्नो लक्ष्यमा पनि चाँडै पुग्छन् ।

तर पैसा र शक्तिलाई मात्रै सफलता मान्न नसकिने भएकाले सामाजिक रुपमा भने यस्तो प्रवृत्ति राम्रो हुँदैन ।

नार्सिसिज्म (आत्ममुग्ध)ले दाम्पत्य जीवनमा पर्ने असर

दाम्पत्य सम्बन्धमा दुई व्यक्तिको अस्तित्व हुन्छ । दुवैले एकअर्काको अस्तित्व स्वीकार गरे मात्रै वैवाहिक जीवन सहजतापूर्वक अघि बढ्न सक्छ । तर दुईमध्ये एकमा आत्मकेन्द्रित प्रवृत्ति भए यसले दाम्पत्य जीवनमा समस्या ल्याउँछ । यो प्रवृत्ति वा रोगलाई बेलैमा उपचार नगरे वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ ।

आत्मकेन्द्रित प्रवृत्तिले सम्बन्धलाई कमजोर बनाउँछ, अनि त्यसप्रति विश्वास नै हराउँदै जान्छ ।

समाधान कसरी गर्न सकिन्छ ?

आत्ममुग्ध स्वभाव भएका व्यक्तिको उत्तम उपचार भनेको मनोचिकित्सकसँगको परामर्श नै हो । साथै म्यारिज काउन्सिलर र कफ काउन्सिलरसँग पनि परामर्श लिन सकिन्छ ।

परिवारका सदस्यसँग छलफल गर्नुका साथै आफ्नो स्वभावको समीक्षा गर्ने बानीको विकास गर्नुपर्छ । हप्तामा एक पटक वा १५ दिनमा आफ्नो स्वभाव र व्यवहारबारे छलफल गर्नुपर्छ । अरुको कुरा सुन्नमा जोड दिन गाह्रो भए पनि सुन्ने बानी बसाल्नुपर्छ । सुरुवाती समयमा एकदमै गाह्र्रो भए पनि परामर्श र थेरापीले यसलाई सहज बनाउन सकिन्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.