सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकीकृत समाजवादीका मन्त्री फेरिए

औपचारिक रुपमा जानकारी छैन : मन्त्री झाँक्री

135
Sana Kishan

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो ।

 

नयाँ मन्त्रीको नामको सिफारिसपछि समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका बेला भएको निर्णय कार्यान्वयन भएको बताए ।

 

Arus

‘६ महिना एक सेट र ६ महिना अर्को सेट पठाउने पुरानै निर्णय कार्यान्वयन गरिएको हो,’ उनले भने, ‘फिर्ता आउने मन्त्रीलाई कारबाही भएको होइन ।’

 

हाल बहाल समाजवादीका मन्त्रीहरूले भने फिर्ता हुने पूर्वजानकारी नपाएको गुनासो गरेका छन् । पार्टी सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आधिकारिक रूपमा फिर्ता हुने जानकारी नपाएको बताइन् । ‘म दिनभर काममा व्यस्त थिएँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘सञ्चारमाध्यममा खबर आएपछि थाहा पाएँ । आधिकारिक रूपमा भनिएको छैन ।’

 

 

उपमहासचिव विजय पौडेलले ‘पुरानै निर्णय कार्यान्वयन भएकाले असन्तुष्ट हुन नपर्ने’ बताए । समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ ।

 

Karnali Traders

स्वास्थ्य राज्यमन्त्रीमा हीरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

अर्का गैरसांसद मन्त्री बन्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा अर्का गैरसांसद मन्त्री बन्न लागेका छन् । एकीकृत समाजवादीले गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवासमक्ष नाम पठाएको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्दा कुँवरलाई पनि पारेको हो । प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद नरहेका समाजवादीका केन्द्रीय नेता कुँवर अछामका हुन् । एकीकृत समाजवादीले उनलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरेको छ । कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चारवर्षे कार्यकाल पूरा गरेका थिए ।

 

देउवा मन्त्रिपरिषद्मा यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला गत चैतदेखि गैरसांसदका रूपमा मन्त्री छन् । संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाएका थिए । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा मन्त्री भएको भन्ने विषयले विवाद भएपछि उनले राजीनामा दिएका थिए । संघीय संसद् राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सांसद् छन् । त्यस्तै, प्रतिनिधिसभामा २३ सांसद छन् ।

 

(source : ekantipur.com)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.