Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के गरेर आत्महत्या रोक्न सकिन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

पछिल्लो समय एक उदीयमान कीर्तिमानी महिला खेलाडीले प्रतियोगिताको तयारीकै क्रममा आत्महत्या गरेको खबरले मिडियामा निकै चर्चा पायो । आसन्न एसियाली खेलकुद प्रतियोगितामै पदक जित्ने आशा राखिएकी राष्ट्रिय खेलाडीको यो असामयिक मृत्युवरणले देशले एउटा अमूल्य क्षति व्यहोरेको छ भने यो समाचारले सबैलाई स्तब्ध तुल्याएको छ। यो एउटा प्रतिनिधि घटना मात्र हो ।

 

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा मात्रै ७ हजार १४१ जना नागरिकले आत्महत्याबाट ज्यान गुमाएका छन्, अर्थात् दैनिक २० जना व्यक्तिले आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन्। यस अनुसार आर्थिक वर्ष २०७६र७७ को तुलनामा आत्महत्या गर्नेको संख्यामा झन्डै १४ प्रतिशतले बृद्धि भएको देखिएको छ। त्यसैगरी विश्वभर बर्सेनि झन्डै आठ लाख मानिसले आत्महत्याकै कारण ज्यान गुमाइरहेको विश्व स्वास्थ्य संगठनको आँकडा रहेको छ। त्यसैले आत्महत्या एउटा गम्भीर जनस्वास्थ्य समस्याको रूपमा देखा परेको छ र यसको रोकथामका निम्ति हाम्रो गम्भीर ध्यानाकर्षणको जरूरी छ।

 

आत्महत्याको अर्को महत्वपूर्ण पाटो भनेको उचित सावधानी र कदम लिएको खण्डमा अधिकांश त्यस्ता घटना रोक्न सकिन्छ भन्ने पाइएको छ। त्यस्ता उचित कदम र सावधानीमा आत्महत्याको घटनाका बारे गरिने जिम्मेवार मिडिया रिपोर्टिङ पनि एक प्रमुख कदम हो।

विश्वव्यापी रूपमा गरिएका अध्ययन अनुसन्धानले आत्महत्याका घटनाको सही ढंगले रिपोर्टिङ गर्दा आत्महत्याका घटनामा उल्लेख्य रूपमा कमी आएको र गलत रिपोर्टिङले त्यस्ता घटनाको जोखिम बढाएको देखाएका छन्। जोखिममा रहेका व्यक्तिहरुले संचारमाध्यममा आएका आत्महत्याको खबर पश्चात् त्यस्तै विधि अपनाई आत्महत्याको प्रयास गर्ने जोखिम हुन्छ।

विशेषगरी यदि उक्त समाचारमा घटनाको विवरण सनसनीपूर्ण, प्रमुखताका साथ, आत्महत्याको माध्यमको विस्तृत विवरणसहित प्रकाशित गरिएको छ वा त्यसले आत्महत्या सम्बन्धी व्याप्त मिथ्या धारणाहरुलाई प्रश्रय दिएको छ भने अझै बढी जोखिमपूर्ण हुन्छ। विशेषगरी ख्याति प्राप्त व्यक्तिहरुको आत्महत्याको सही ढंगले रिपोर्टिङ नगर्दा देखासिकी गरी गरिने आत्महत्याका घटनाहरुमा उल्लेख्य बृद्धि हुने गरेको पाइएको छ।

अझ अहिले सोसल मिडियाको जमानामा त सनसनीपूर्ण शीर्षक राखेर बनाइएका अफवाहपूर्ण समाचारहरु निकै सजिलै फैलिने भएकाले यस बारेमा सबै संचारकर्मीहरुले विशेष ध्यान दिनु जरूरी छ। त्यसैगरी सोसल मिडियामार्फत मूलधारका मिडिया मात्र होइन प्रयोगकर्ता आम नागरिकका पोष्टहरु पनि सजिलै व्यापक रूपमा फैलन सक्ने भएकाले हामी हरेक नागरिकले आत्महत्याका घटनाको बारे आफ्ना सामाजिक संजालमा पोष्ट गर्दा विशेष ध्यान दिनु जरूरी देखिन्छ।

अर्कातिर आत्महत्याका बारे जिम्मेवार रिपोर्टिङले आम जनमानसलाई आत्महत्या र यसको रोकथामका बारे शिक्षित गर्न मद्दत गर्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुलाई वैकल्पिक निर्णय लिन प्रोत्साहन गर्ने तथा समाजमा खुल्ला र आशापूर्ण अन्तरक्रियाका निम्ति समेत प्रेरणा दिनसक्छ। कठिन परिस्थितिमा सहायता मागेकारसकारात्मक ढंगले सामना गरेका कथारफिचरहरुले आत्महत्या रोकथाममा मद्दत पुग्नसक्छ। आत्महत्याको मिडिया रिपोर्टिङ गर्दा वा सामाजिक संजालमा पोष्ट गर्दा अपनाउनुपर्ने सावधानी के त ?

 

के गर्ने ?

आत्महत्याको घटनाका बारे रिपोर्टिङ गर्दा वा सामाजिक संजालमा पोष्ट गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा भनेको उक्त समाचार वा पोष्टले आत्महत्या गरेका व्यक्ति र परिवार वा आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई कस्तो असर पार्न सक्छ भनेर ख्याल राख्दै सदैव सकारात्मक ढंगले समाचार प्रेषण गर्नु हो। जस्तै( आत्महत्याको घटनाको रिपोर्टिङ वा पोष्ट गर्दा हरेक पटक कुनै पनि व्यक्तिलाई आत्महत्याको सोचाइ आएमा कसरी त्यसको सामना वा व्यवस्थापन गर्ने भन्ने बारे जानकारी समावेश गर्दा त्यस्ता जोखिममा भएका व्यक्तिको ज्यान जोगिन सक्छ। प्रायः आत्महत्याका घटना वा सोचविचार मानसिक समस्याका कारण उत्पन्न हुने भएकाले समयमै मनोपरामर्श लिने वा स्वास्थ्यकर्मीसँग परामर्श लिंदा समाधान गर्न सजिलो हुन्छ। त्यसैगरी त्यस्ता सोचाइ क्षणिक हुने र त्यस्तो सोचाइ आउँदा आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्दा मद्दत पुग्नसक्छ।

त्यसैगरी हाल नेपालमा आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन ११६६ उपलब्ध रहेको छ जसमा चौबीसै घण्टा फोनमार्फत आत्महत्याको सोचाइ आउँदा निस्शुल्क मनोपरामर्श लिन सकिन्छ। हाम्रो समाजमा आत्महत्याका बारे धेरै भ्रम छन् जसले गर्दा पनि त्यस्ता घटनालाई बढावा दिनसक्छ। त्यसैले आत्महत्याका घटनाको रिपोर्टिङ गर्दा समाजमा व्याप्त मिथ्या धारणालाई चिर्ने र सत्यतथ्य पस्किने ढंगले गरिएमा आत्महत्या रोकथाममा सकारात्मक प्रभाव पार्नसक्छ।

त्यसैगरी त्यस्ता घटनाको रिपोर्टिङ गर्दा आत्महत्याको प्रयास गरेका वा सोचाइ भएका कुनै व्यक्तिले कसरी सकारात्मक ढंगले त्यसको सामना गरे भन्ने अनुभव प्रस्तुत गर्दा पनि त्यस्तो सोचाइ भएका व्यक्तिलाई सकारात्मक प्रभाव पर्नसक्छ। यस बाहेक आत्महत्याको घटनाको रिपोर्टिङ गर्दा सम्बन्धित व्यक्ति तथा शोकसन्तप्त परिवारको गोपनीयता तथा आत्मसम्मानलाई सधैं ख्याल राख्नु जरूरी छ।

त्यसैगरी शोकसन्तप्त परिवारका सदस्यको अन्तर्वार्ता लिंदा विशेष संवेदनशीलता अपनाउनु जरूरी हुन्छ। यस्ता घटनाहरु अक्सर हृदयविदारक हुनसक्छन् जसको रिपोर्टिङ गर्दा संचारकर्मी स्वयंलाई पनि आघात पर्ने वा प्रभावित हुने जोखिम रहन्छ भन्ने कुरामा पनि संचारकर्मीहरु सचेत हुनु जरूरी हुन्छ।

 

के नगर्ने ?

 

आत्महत्याका घटना, अझ विशेष गरी ख्यातिप्राप्त व्यक्तिले आत्महत्या गर्दा आम जनमानसको निम्ति विशेष चासोको विषय हुन्छ र प्रायस् यस्ता समाचार प्राथमिकताका साथ छापिन्छन्। तर प्राथमिकताका साथ बारम्बार समाचार प्रेषण गर्दा त्यसले आत्महत्याको जोखिममा भएका व्यक्तिलाई थप दुरुत्साहन गर्न सक्छ। त्यसैले कुनै पनि आत्महत्याको घटनालाई प्राथमिकताका साथ छाप्नुहुँदैन र कसरी त्यस्ता सोचाइको व्यवस्थापन गर्ने र मद्दत लिने भन्ने कुरा अनिवार्य रूपमा समावेश गर्नुपर्छ। सनसनीपूर्ण शीर्षक वा समाचारले जोखिममा रहेका व्यक्तिलाई थप दुरुत्साहन गर्न सक्छ त्यसैले शीर्षक राख्दा विशेष ध्यान दिनुपर्छ। जस्तै “साफ पदक विजेता कीर्तिमानी खेलाडीद्वारा झुन्डिएर आत्महत्या” शीर्षकको सट्टा “मृत अवस्थामा फेला” वा “कोठामै मृत भेटियो” जस्ता शीर्षक राख्दा उपयुक्त हुनसक्छ।

 

त्यसैगरी आत्महत्याको साधन, योजना, तरिका तथा स्थानका बारे विस्तृत विवरण दिंदा जोखिममा रहेका व्यक्तिहरुले त्यस्तै देखासिकी गर्न सक्ने हुनाले विस्तृत विवरण दिने वा फोटो, भिडियो संप्रेषण गर्ने जस्ता कार्य गर्नुहुँदैन। आजकल विशेषगरी सामाजिक संजालमा आत्महत्याका घटनाको फोटो, भिडियो नै राख्ने वा त्यस्ता फोटोरभिडियो राखेर श्रद्धाञ्जली पोष्ट गर्ने वा आत्महत्याबाट जीवन गुमाएका व्यक्तिको बारे टीकाटिप्पणी गरेर पोष्ट राख्ने धेरै देखिन्छ।

 

यस्तो गर्दा आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुलाई थप दुरुत्साहन पुग्न सक्छ र त्यस्ता घटनामा वृद्धि हुनसक्छ। त्यसैगरी त्यस्ता पोष्टले मृतक तथा परिवारसमेतको गोपनीयता र आत्मसम्मानमा गम्भीर ठेस पुग्नसक्छ। त्यसैले हामीले सदैव यस्ता पोष्ट राख्नबाट जोगिनुपर्छ।

 

हामी प्रत्येक संचारकर्मी तथा सामाजिक संजालका प्रयोगकर्ता सबै नागरिकले जिम्मेवारपूर्वक माथि उल्लिखित कुराहरु मात्र पनि पालना गर्न सक्यौं भने नेपालमा बढ्दै गएको आत्महत्याको समस्या कम गर्नमा उल्लेख्य योगदान पुग्नसक्छ र धेरै व्यक्तिहरुलाई अकालमा ज्यान जानबाट जोगाउन सकिन्छ । आउनुहोस्, आजैबाट आत्महत्याको घटनामा जिम्मेवार मिडिया रिपोर्टिङ र जिम्मेवार सोसल मिडिया पोष्ट गर्ने प्रण गरौं र आत्महत्याको रोकथाममा मद्दत गरौं ।

(स्रोत : onlinekhabar.com)

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम
फ्ल्यास हेडिङ

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

बाढी प्रभावित क्षेत्रमा चोरी, ठगी र साइबर अपराध रोक्न प्रहरीको निगरानी तीव्र

भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भोटेकोशी बाढीपछि रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत

भदौ १५, २०८३
बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

बाढीपहिरो प्रभावितका लागि जावलाखेल ग्रुपले गर्‍यो ३ करोड सहयोग

भदौ १५, २०८३
उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

उद्धारदेखि पुनर्निर्माणसम्मको अवस्था अनुगमन गर्न ऊर्जा मन्त्रालयले बनाउँदैछ रियल टाइम सिस्टम

भदौ १५, २०८३
कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व