सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लामो समयदेखि बन्द रहेको गोठलापानी बजारको शौचालय सञ्चालनमा

143
Sana Kishan

बैतडी –   बैतडी सदरमुकाम गोठलापानीमा रहेको सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । लामो समयदेखि बन्द रहेको शौचालय मर्मत गरेर सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए ।

 

 

सार्वजनिक शौचालयमा पानीको व्यवस्थापन र आवश्यक मर्मत गरेर सञ्चालनमा ल्याइएको उनले बताए । कामका लागि गोठलापानी पुग्ने नागरिकलाई सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएकोमा अब त्यो समस्या हल भएको उनले बताए ।

 

 

Arus
Karnali Traders

सार्वजनिक शौचालयलाई निशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ । शौचालय प्रयोग गरे बाफत पैसा तिर्नुपर्ने झण्झट समेत हटेको नगर प्रमुख जोशीले बताए । तत्कालका लागि एकजनालाई अस्थायी रुपमा शौचालयको रेखदेख गर्न राखेको बताइएको छ ।

 

 

सार्वजनिक शौचालयलाई दिगो रुपमा सञ्चालन गर्नका लागि व्यवस्थित बनाइने बताइएको छ ।

(स्रोत :  सगुन खबर)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.