सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असिमी केदार धामको दर्शन गरी हेर्नुहोस्, आज – २३ जेठ २०७९ सोमवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।

 

बृष

World Link Ads
Mahakali Polytechnic

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामान हराउने यो छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

 

Sana Kishan

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले राम्रै सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनः सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी रहला ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(स्रोत : hamropatro.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.