

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका भोजराज बोहरा र उपमेयरमा तुलशी जोशी निर्वाचित भएकी छिन्। मेयरमा भोजराज बोहराले ८ हजार ७८ मत तथा उपमेयरमा तुलशी जोशीले ७ हजार २ सय ५४ मत प्राप्त गरेर विजयी भएका हुन्। बोहराका प्रतिस्पर्धी नेकपा एमालेकी सुसीला सिंहले ४ हजार ७ सय ४० मत, एकिकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ मत तथा राप्रपका बमबहादुर बलमेले १ हजार ७ सय ५१ प्राप्त गरेका छन्। उपमेयरमा जोशीका प्रतिस्पर्धी पार्वती भट्टले ५ हजार ७ सय २७ मत र नेकपा माओवादीकी हिरा जैसीले ३ हजार ६ सय ५२ मत प्राप्त गरे। वेदकोटमा नेकपा माओवादी र एकिकृत समाजवादीले गठबन्धन समेत गरेको थियो।
