सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्रका सन्तोष प्रकाश जोशी विजयी

178
Sana Kishan

बैतडी — बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तासाझेदार दलबाट गठबन्धनका उम्मेदवार बनेका माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे ।

डिलासैनीमा एमाले तेस्रो स्थानमा आएको छ । जोशी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर पुतली चिन्हमा चुनाव लडेका थिए । यस्तै उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् ।

Arus
Karnali Traders

Nepali Khaja

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामीले जित हासिल गरेका छन् । वडा नम्बर २ मा एमालेका उम्मेदवार नवराज घरडी निर्वाचित भए । यस्तै वडा नम्बर ३ एमालेका रघुवीर बोहराले जिते भने वडा नम्बर ४ मा स्वतन्त्रबाट हरिश पन्त निर्वाचित भए । वडा नम्बर ५ को अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट विजयी भएका छन् । वडा नम्बर ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भए भने वडा नम्बर ७ मा स्वतन्त्रबाट प्रकाश भट्ट निर्वाचित भए । तृप्ति शाहीले कान्तिपुर अनलाईनमा लेखेका छन ।

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.