सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्चुलामा कांग्रेस शून्य

Far weast coaching ad
1,356
Sana Kishan

दार्चुला –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ । जिल्लाका ९ ओटा स्थानीय तहमध्ये कांग्रेस कुनै पनि स्थानीय तहमा नेतृत्वमा पुग्न सकेन् । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ५ ओटा स्थानीय तहमा जित हात पारेको थियो । तर यो पटक भने कांग्रेस जिल्लामा शून्य भएको छ ।

Karnali Traders

९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्रबहादुर सिंह बडाल, ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी, महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिका एमालेका हिरासिंह धामी, शैल्यशिखर नगरपालिकामा एमालेका विजयसिंह धामी प्रमुख पदमा विजयी भएका छन् ।

Arus

यस्तै अपि हिमाल गाउँपालिकामा माओवादीका भगतसिंह बोहरा ठेकरे, नौगाड गााउँपालिकामा माओवादीका दलजीत सिंह धामी,मार्मा गाउँपालिकामा जमनसिंह धामी र लेकम गाउँपालिकामा रामदत्त जोशी विजयी भएका छन् । सगुन खबरबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.