सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीका ७९ वडाको मतपरिणाम सार्वजनिक, कसले कति जिते ?

99
Sana Kishan

बैतडी –बैतडीका ८४ वडा मध्ये ७९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम सार्वजनिक भएका वडामध्ये कांग्रेस र एमालेले समान ३२ वडामा जित हासिल गरेका छन् । नेकपा माओवादी केन्द्रले ११, स्वतन्त्रका उम्मेदवारले ३ र राप्रपाले एक वडाको जित हासिल गरेको छ ।

पुर्चौंडी नगरपालिकाका ३ वडा र दोगडाकेदार गाउँपालिकाका २ वडाको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

Arus

सार्वजनिक भएको मतपरिणाम अनुसार दशरथचन्द नगरपालिकामा नेकपा एमालेले ८ वडामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले तीन वडामा जित हासिल गरेको छ । यस्तै पाटन नगरपालिकामा एमालेले ४, कांग्रेसले ३ र माओवादीले तीन वडामा जित हासिल गरेको छ । पुर्चौंडी नगरपालिकाका मतपरिणाम सार्वजनिक भएका ७ वडा मध्ये कांग्रेसले ४ र एमालेले तीन वडामा जित हासिल गरेको छ । यस्तै मेलौली नगरपालिकामा नेपाली कांग्रेसले ४, नेकपा माओवादी केन्द्रले ३ र एमालेले २ वडामा जित हात पारेको छ ।

Nepali Khaja
Karnali Traders

ऋउ ज्यकउष्तब
िपञ्चेश्वर गाउँपालिकाका ६ वडा मध्ये एमालेले २, माओवादीले २ र कांग्रेसले १ वडामा जित हात पारेको छ । शिवानाथ गाउँपालिकाका ६ वडा मध्ये नेपाली कांग्रेसले ३, एमालेले दुई र माओवादीले एक वडामा जित हात पारेको छ । यस्तै सिगास गाउँपालिकाका ९ वडा मध्ये नेपाली कांग्रेसले ६ र एमालेले ३ वडामा जित हात पारेको छ ।

यस्तै सुर्नया गाउँपालिकाका ८ वडा मध्ये नेपाली कांग्रेसले ४, एमालेले दुई र राप्रपाले एक वडामा जित हासिल गरेको छ । यस्तै डिलाशैनी गाउँपालिकाका सात वडा मध्ये ३ मा स्वतन्त्र, नेपाली कांग्रेसले २ र एमालेले २ वडामा जित हात पारेको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाका मतपरिणाम सार्वजनिक भएका ६ वडा मध्ये चारमा नेकपा एमाले, एकमा नेपाली कांग्रेस र एकमा माओवादी केन्द्रले जित हात पारेको छ । सगुन खबरबाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.