सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र निर्वाचित

100
Sana Kishan

दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।

अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत प्राप्त गरेका छन् ।

 

Arus
Karnali Traders

उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी भए । उनले ५ हजार ९४५ मत ल्याएका छन् । एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन् ।

Nepali Khaja

२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । आठ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् ।

बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो । अनलाईन खबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.