सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा एमालेको विजयी सुरुवात, लालझाडीको अध्यक्ष बने राना

168
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका मदनसेन बडायकले २ हजार १९५ मत ल्याएका छन् ।

त्यस्तै कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ३१ मत ल्याएका छन् । ६ वडा रहेको लालझाडीमा अहिले वडा नम्बर १ को मत गणना जारी रहेको छ । १ हजा ९७९ मत गन्दा पालिका अध्यक्षमा एमालेका रानाले ८ सय ४६ मत प्राप्त गरेका छन् । माओवादीका बडायकले ५ सय ४३ र कांग्रेसका श्रीकृष्णले ३ सय ५९ मत ल्याएका छन् ।

Arus
Karnali Traders

वडा नम्बर १ मा २ हजा ३ सय ९४ मत खसेको थियो । यहाँ अब ४ सय १५ मत मात्रै गन्न बाँकी छ । तर पालिका अध्यक्षमा एमालेका रानाको माओवादीका बडायकसंग १ हजार ६२१ को अन्तराल छ ।

Nepali Khaja

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले केही बेरमा पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । दैनिक सञ्चार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.