सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा मतान्तर बढाउँदै भोजराज, उपमेयरमा तुलसी–पार्वतीको कडा टक्कर

Far weast coaching ad
383
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयरमा अग्रता कायमै राखेको छ । कांग्रेसका मेयरका उम्मेदवार भोजराज बोहराले मतान्तर बढाउँदै लगेका छन् ।

४ हजार ७५६ मत गन्दा उनले मेयरमा ४ सय ७७ को अग्रता लिएका छन् । १ हजार ६ सय ९४ मत सहित अग्रस्थानमा रहेका कांग्रेसका बोहरालाई नेकपा एमालेका मेयरका उम्मेदवार सुशिला सिंहले पछ्याइरहेकी छन् । सिंहले १ हजार २१७ मत प्राप्त गरेकी छन् ।

Arus

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका रामचन्द्र रेग्मीले ९ सय ४७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि कांग्रेसकी तुलशी जोशी र एमालेकी पार्वती भट्टबीच प्रतिस्पर्धा चलिरहेको छ ।

Karnali Traders

जोशीले १ हजार ५२३ मत पाउँदा भट्टले १ हजार ४ सय ६५ मत पाएकी छन् ।

माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरमा उम्मेदवार बनेकी माओवादीकी हिरा जैसीले ६ सय ३७ मत प्राप्त गरेकी छन् ।दैनिक सञ्चार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.