
महेन्द्रनगर । बेलौरी नगरपालिका वडा नम्बर १ मा माओवादीका धनबहादुर बिष्ट प्यानल सहित विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा बिष्टले ६ सय ६३ मत ल्याएका छन् ।
निर्वाचन कार्यालय बेलौरीका अनुसार बिष्टका प्रतिद्धन्द्धी एमालेका नमराज शाहीले ५ सय ३३ मत ल्याएका छन् ।


यस्तै नेपाली कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । यसअघि बेलौरी–१० मा पनि माओवादीकै सोमलाल चौधरी विजयी भएका थिए । दैनिक सञ्चार
