सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेश पन्तको घरदैलो अभियानः मतदाता भन्छन् ‘जुझारु युवा हुनुहुन्छ, हामी भोट दिन्छौँ’

Far weast coaching ad
337
Sana Kishan

महेन्द्रनगर : स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्रै बाँकी छन् । उम्मेदवारहरु जनताको घरदैलो अभियानमा छन् । यस पटकको स्थानीय निर्वाचनमा अधिकांश मतदाताको रोजाईमा छन् युवा उम्मेदवार । त्यही युवा उम्मेदवारको पङ्तीमा पर्छन्, नेकपा एमालेका युवा नेता महेश प्रशाद पन्त । ३९ वर्षिय युवा पन्तलाई एमालेले भीमदत्त नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएको छ । मतदाताको रोजाईमा युवा पर्दा पन्तको उम्मेदवारी पनि बलियो बन्दैँ गएको छ । पार्टी संगठनका हिसाबले भीमदत्तमा बलियो रहेको एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग मात्रै रहेको नेताहरुको बताउछन् । अघिल्लो निर्वाचनमा मेयर जितेको एमालेले यस पटक पनि नेतृत्व हात पार्ने दाउमा छ । नेतृत्वका लागि एमाले अघिल्लो सरकारले गरेका कामहरु र अधुरा कार्यको निरन्तरतासहित नयाँ योजना लगेर जनतामाझ गएको छ ।

Karnali Traders

स्थानीय परिवेशबारे जानकार एक स्थानीयले भने ‘यस पटकको चुनावमा युवा उम्मेदवारहरुप्रति मतदाताको आर्कषण देखिन्छ, पुराना नेता भन्दा पनि युवाहरुको सक्रियता बढ्दो छ ।’ उनले अगाडी थपे ‘राजनितिमा मात्रै नभई सबै क्षेत्रमा युवाहरु नेतृत्व हावि हुदैँ गएको छ, युवाहरुले राम्रो काम गरेर पनि देखाका उनीहरुप्रति जन विश्वास पनि बढ्दो छ ।’ भीमदत्तमा एमाले र कांग्रेसबिच मात्रै मुख्य प्रतिस्पर्धा देखिएकाले त्यसको रोजाईमा एमाले उम्मेदवार पन्त नै रहेको उनको बुझाईछ । लामो समयदेखि राजनितिमा सक्रिय कांग्रेसका पदम बोकटी भने पाका उम्मेदवारको पंङ्तीमा पर्छन् । भीमदत्त–१८ का वडा कमिटि सचिव विवेश भट्टले मतदातामा युवालाई भोट दिन आतुर रहेको बताए ।

Arus

पन्नसँगै घरदैलो अभियानमा रहेका भट्टले मतदातालाई उद्धित गदैँ भने ‘तपाई जुझारु युवा हुनुहुन्छ, हामि युवालाई मत दिन्छौ, युवा नेतृत्वले नगरको विकासमा सक्रिता दिन सक्छ् ।’ निर्वाचन नजिकिदैँ जाँदा पार्टीको पक्षमा जनमत बलियो बन्दैँ गएको उनले बताए । पार्टी संगठनको हिसाबले हामी बलिया छौँ, नगरले युवा उम्मेदवार पाउँदा हाम्रो पक्षमा उत्साहपुर्ण जनमत सिर्जना हुदैँ गएको छ । सचिव भट्टले भने ‘भीमदत्तमा बहुमत वडासहितको एमालेको जित सुनिश्चित छ ।’ त्यस्तै एमालेले उप–मेयरमा सुशासन विज्ञ भुवन कुवँर केसीलाई उम्मेदवार उठाएको छ । यसले एमाले नेतृत्वको सरकार बने नगरको विकाससँग सुशासन पनि कायम हुने अपेक्षा गरिएको छ । आफुहरुको टिम नै बलियो भएकोले भीमदत्तमा एमालेले मेयर उप–मेयर जित्ने एमाले नेताहरुको दावि छ । ईसुदूर दर्पण बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.