Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाचन प्रणाली : हामीले खाएको खाना कसरी प्राण र ऊर्जामा रुपान्तरण हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २१, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मुखमा राखको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । ¥यालले हामीले चपाएको खानालाई रसिलो बनाइदिन्छ । जिब्रोले ओल्टाइपल्टाइ चलाउनुका साथै घोल्ने काम पनि गर्छ । खाना चपाएर रसिलो र नरम बनेपछि हामी त्यसलाई निल्छौं । निलेको खाना घाँटी, खानानली हुँदै आमाशयसम्म पुग्छ ।

आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । ड्युडेनमबाट खाना जेजुनममा जान्छ र त्यहाँ पनि विभिन्न पाचन रसहरू निस्कन्छ । जसले खानालाई अझै मसिनो र नरम बनाइदिन्छ ।

त्यसपछि सानो आन्द्राको इलियममा भएका भिलाइले पोषक तत्वलाई शोषण गर्छ । भिलाइमा रक्तकोषिका भएका कारण शोषण गरिएका पौष्टिक तत्व शरीरको विभिन्न कोषहरूमा पु¥याइदिन्छ । शोषण गरेर बोकिरहेको छोक्रा ठूलो आन्द्रामा जान्छ र पानीको शोषण हुन्छ । त्यहाँ सूक्ष्म जीवाणुले नपचेका खानालाई अझ टुक्राउने र कुहाउने गर्छ । अन्तमा ती नपचेका र शोषण गरी बाँकी रहेको भाग दिसाको रूपमा बाहिर निस्कन्छ ।

सामान्यतया हामीले खाने खानादेखि दिसाको रुपमा फ्याँक्ने विकारको पदार्थसम्म बन्ने प्रक्रिया यही हो । तर यो प्रक्रियामा हाम्रो मस्तिष्कको भूमिका यसमा समेटिएन । तर के मस्तिष्कको यसमा कुनै भूमिका हुँदैन त ?

कुनै पनि खानालाई कति सहजै पचेको छ कि छैन ? भन्ने कुरा खाने मान्छेको मानसिकतामा आधारित हुन्छ । यो कुरा हामीले पनि महसुस गरेको कुरा हो । कुनै पनि शारीरिक थकानबिना पनि हामीलाई दिनभरि मानसिक थकान महसुस गर्ने मान्छेले साँझमा धेरै भोकाएको महसुस गर्छन् । यसले पनि खाना र भोजनको पाचन प्रणालीबीच अन्योन्याश्रित सम्बन्ध छ भन्न सकिन्छ ।

पोषणविद् इन्द्रप्रसाद सिटौला खानाको पाचन प्रणाली र मान्छेको मानसिकताको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउँछन् । उनी यसको पाचन कार्यमा पनि मानसिकताले ठूलो भूमिका खेल्ने भएकोले खाना खाने बेलामा अन्यत्र ध्यान दिन नहुने बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘खाना खाने बेलामा हाम्रो ध्यान कहाँ पुगेको छ, त्यसले पनि पाचन प्रणालीमा असर गर्छ । सामान्यतया मस्तिष्कको पाचन प्रणालीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि यसको भूमिका भने महत्वपूर्ण हुन्छ ।’

सद्गुरुले विभिन्न अन्तर्वार्ता एवं मन्तव्यहरूमा मस्तिष्क र खाली पेटको बारेमा चर्चा गर्ने गरेका छन् । जस्तो पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर विभिन्न अध्ययनमा समेटिएको विषयलाई व्याख्या गर्दै सिटौला भन्छन्, ‘खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।’ हिप्पोक्याम्पसले दिमागको त्यो क्षेत्रलाई सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्छ भन्ने उनको मत छ । त्यसैले पनि खानाको पाचन प्रणाली र मस्तिष्कको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

कसरी खाने खाना ?

खाना कसरी खाने ? भन्ने कुराले पनि पाचन प्रणालीमा ठूलो असर गर्छ । यति मात्रै होइन मान्छेको मानसिकताले पनि यसमा असर गर्छ । जस्तो खाना हातले खाने कि चम्चाले ? यो कुरा धेरै बहसमा आउने गर्छ । यसमा पनि मस्तिष्क र खानाको सम्बन्ध देखाउन खोजिएको छ । जस्तो हातले खाना खाँदा खानाको तापक्रम र त्यसको अवस्थालाई छालाले स्मरण गरेर नसामार्फत मस्तिष्कसम्म पु¥याउँछ भनिन्छ । खाना पेटमा पुग्नुभन्दा पहिले मस्तिष्कले थाहा पायो भने पहिले नै त्यसमा शरीरका पाचनतन्त्रहरु सचेत भएर तयारी अवस्थामा रहेका हुन्छन् ।

त्यसैले पनि पाचन प्रणालीले राम्रोसँग काम गर्छ । तर चम्चाले खाँदा त्यो खाना एकैपटक मुखमा पुगेपछि मात्रै मस्तिष्कले थाहा पाउने हुँदा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्छ भन्ने मान्यता छ । मनोविद् एवं पोषणविद्हरु पनि थकान महसुस भएको बेलामा पाचन प्रणालीले कम काम गर्ने बताउँछन् ।

पोषणविद् सिटौला थकान एवं बढी चिन्ता महसुस भएको बेलामा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्ने बताउँछन् । यसबाहेक खाना खाने समय र खाने शैलीले पनि यसलाई असर गर्ने उनी बताउँछन् ।

पाचन प्रणालीलाई स्वस्थ राख्नको लागि खाएको एक गाँसलाई ३२ पटक चपाउनुपर्ने शास्त्रीय मान्यता छ । तर योगले २४ पटक चपाउन भन्छ । पोषणविद्हरु खाना जति धेरै चपायो उति त्यसको पाचन क्षमता बढी हुने दाबी गर्छन् । सामान्यतया हामीले खाएको खाना १२–१८ घण्टासम्म शरीरको पाचन प्रणालीमै हराउनु स्वस्थ शरीरको संकेत हुने बताउँछन् ।

पाचन यन्त्र कसरी सुधार्ने ?

पाचन यन्त्र सुधार्ने सरल र प्राकृतिक काइदा हो, ताजा खानेकुरा सेवन गर्ने । सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु नै यसको सही उपाय हो । खानाका लागि निश्चित तालिका अपनाउने, बेलाबेलामा थोरैथोरै खानेकुरा खाने । खाना खाँदा आरामसाथ स्वाद लिएर खाने गर्दा यसले फाइदा पुग्न सक्छ । खाना खाइसकेपछि कम्तीमा पाँच मिनेट बज्रासनमा बस्नु पनि पाचनको लागि राम्रो हुन्छ । बिहान उठ्नासाथ मनतातो पानी सेवन गर्ने र मलत्याग गर्ने बानी पनि आवश्यक हुन्छ । यसबाहेक पाचन प्रणाली सुधारको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

नियमित व्यायाम गर्ने
बिहानको ताजा हावा लिने
काममा ध्यान लगाउने र खाने बेला खानामा ध्यान दिने
नियमित आवश्यक मात्रामा पानी पिउने
आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्वारा सफा राख्न सल्लाह दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व