सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पाचन प्रणाली : हामीले खाएको खाना कसरी प्राण र ऊर्जामा रुपान्तरण हुन्छ ?

69
Sana Kishan

मुखमा राखको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । ¥यालले हामीले चपाएको खानालाई रसिलो बनाइदिन्छ । जिब्रोले ओल्टाइपल्टाइ चलाउनुका साथै घोल्ने काम पनि गर्छ । खाना चपाएर रसिलो र नरम बनेपछि हामी त्यसलाई निल्छौं । निलेको खाना घाँटी, खानानली हुँदै आमाशयसम्म पुग्छ ।

आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । ड्युडेनमबाट खाना जेजुनममा जान्छ र त्यहाँ पनि विभिन्न पाचन रसहरू निस्कन्छ । जसले खानालाई अझै मसिनो र नरम बनाइदिन्छ ।

Arus

त्यसपछि सानो आन्द्राको इलियममा भएका भिलाइले पोषक तत्वलाई शोषण गर्छ । भिलाइमा रक्तकोषिका भएका कारण शोषण गरिएका पौष्टिक तत्व शरीरको विभिन्न कोषहरूमा पु¥याइदिन्छ । शोषण गरेर बोकिरहेको छोक्रा ठूलो आन्द्रामा जान्छ र पानीको शोषण हुन्छ । त्यहाँ सूक्ष्म जीवाणुले नपचेका खानालाई अझ टुक्राउने र कुहाउने गर्छ । अन्तमा ती नपचेका र शोषण गरी बाँकी रहेको भाग दिसाको रूपमा बाहिर निस्कन्छ ।

Nepali Khaja

सामान्यतया हामीले खाने खानादेखि दिसाको रुपमा फ्याँक्ने विकारको पदार्थसम्म बन्ने प्रक्रिया यही हो । तर यो प्रक्रियामा हाम्रो मस्तिष्कको भूमिका यसमा समेटिएन । तर के मस्तिष्कको यसमा कुनै भूमिका हुँदैन त ?

कुनै पनि खानालाई कति सहजै पचेको छ कि छैन ? भन्ने कुरा खाने मान्छेको मानसिकतामा आधारित हुन्छ । यो कुरा हामीले पनि महसुस गरेको कुरा हो । कुनै पनि शारीरिक थकानबिना पनि हामीलाई दिनभरि मानसिक थकान महसुस गर्ने मान्छेले साँझमा धेरै भोकाएको महसुस गर्छन् । यसले पनि खाना र भोजनको पाचन प्रणालीबीच अन्योन्याश्रित सम्बन्ध छ भन्न सकिन्छ ।

पोषणविद् इन्द्रप्रसाद सिटौला खानाको पाचन प्रणाली र मान्छेको मानसिकताको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउँछन् । उनी यसको पाचन कार्यमा पनि मानसिकताले ठूलो भूमिका खेल्ने भएकोले खाना खाने बेलामा अन्यत्र ध्यान दिन नहुने बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘खाना खाने बेलामा हाम्रो ध्यान कहाँ पुगेको छ, त्यसले पनि पाचन प्रणालीमा असर गर्छ । सामान्यतया मस्तिष्कको पाचन प्रणालीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि यसको भूमिका भने महत्वपूर्ण हुन्छ ।’

सद्गुरुले विभिन्न अन्तर्वार्ता एवं मन्तव्यहरूमा मस्तिष्क र खाली पेटको बारेमा चर्चा गर्ने गरेका छन् । जस्तो पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर विभिन्न अध्ययनमा समेटिएको विषयलाई व्याख्या गर्दै सिटौला भन्छन्, ‘खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।’ हिप्पोक्याम्पसले दिमागको त्यो क्षेत्रलाई सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्छ भन्ने उनको मत छ । त्यसैले पनि खानाको पाचन प्रणाली र मस्तिष्कको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ ।

Karnali Traders

कसरी खाने खाना ?

खाना कसरी खाने ? भन्ने कुराले पनि पाचन प्रणालीमा ठूलो असर गर्छ । यति मात्रै होइन मान्छेको मानसिकताले पनि यसमा असर गर्छ । जस्तो खाना हातले खाने कि चम्चाले ? यो कुरा धेरै बहसमा आउने गर्छ । यसमा पनि मस्तिष्क र खानाको सम्बन्ध देखाउन खोजिएको छ । जस्तो हातले खाना खाँदा खानाको तापक्रम र त्यसको अवस्थालाई छालाले स्मरण गरेर नसामार्फत मस्तिष्कसम्म पु¥याउँछ भनिन्छ । खाना पेटमा पुग्नुभन्दा पहिले मस्तिष्कले थाहा पायो भने पहिले नै त्यसमा शरीरका पाचनतन्त्रहरु सचेत भएर तयारी अवस्थामा रहेका हुन्छन् ।

त्यसैले पनि पाचन प्रणालीले राम्रोसँग काम गर्छ । तर चम्चाले खाँदा त्यो खाना एकैपटक मुखमा पुगेपछि मात्रै मस्तिष्कले थाहा पाउने हुँदा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्छ भन्ने मान्यता छ । मनोविद् एवं पोषणविद्हरु पनि थकान महसुस भएको बेलामा पाचन प्रणालीले कम काम गर्ने बताउँछन् ।

पोषणविद् सिटौला थकान एवं बढी चिन्ता महसुस भएको बेलामा पाचन प्रणालीले तुलनात्मक रुपमा कम काम गर्ने बताउँछन् । यसबाहेक खाना खाने समय र खाने शैलीले पनि यसलाई असर गर्ने उनी बताउँछन् ।

पाचन प्रणालीलाई स्वस्थ राख्नको लागि खाएको एक गाँसलाई ३२ पटक चपाउनुपर्ने शास्त्रीय मान्यता छ । तर योगले २४ पटक चपाउन भन्छ । पोषणविद्हरु खाना जति धेरै चपायो उति त्यसको पाचन क्षमता बढी हुने दाबी गर्छन् । सामान्यतया हामीले खाएको खाना १२–१८ घण्टासम्म शरीरको पाचन प्रणालीमै हराउनु स्वस्थ शरीरको संकेत हुने बताउँछन् ।

पाचन यन्त्र कसरी सुधार्ने ?

पाचन यन्त्र सुधार्ने सरल र प्राकृतिक काइदा हो, ताजा खानेकुरा सेवन गर्ने । सुपाच्य र सन्तुलित खानेकुरा सेवन गर्नु नै यसको सही उपाय हो । खानाका लागि निश्चित तालिका अपनाउने, बेलाबेलामा थोरैथोरै खानेकुरा खाने । खाना खाँदा आरामसाथ स्वाद लिएर खाने गर्दा यसले फाइदा पुग्न सक्छ । खाना खाइसकेपछि कम्तीमा पाँच मिनेट बज्रासनमा बस्नु पनि पाचनको लागि राम्रो हुन्छ । बिहान उठ्नासाथ मनतातो पानी सेवन गर्ने र मलत्याग गर्ने बानी पनि आवश्यक हुन्छ । यसबाहेक पाचन प्रणाली सुधारको लागि निम्न उपाय अपनाउन सकिन्छ ।

नियमित व्यायाम गर्ने
बिहानको ताजा हावा लिने
काममा ध्यान लगाउने र खाने बेला खानामा ध्यान दिने
नियमित आवश्यक मात्रामा पानी पिउने
आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्वारा सफा राख्न सल्लाह दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

6  +  4  =