Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भात संस्कार : कहाँबाट शुरु भयो, कसरी विश्वभर फैलियो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ बैशाख २०, मंगलवार १८:३६
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिहानै भात, साँझै भात । यही भात बन्ने चामल र चामल बन्ने धानको इतिहास कति पुरानो होला ? वा नेपालीले यही चामलबाट आफ्नो भोक मेटाउन थालेको कति भयो होला ? नेपालीहरूको अधिकांश खाना चामलविना सम्भव छैन । खाद्य संस्कार मात्रै होइन, हाम्रा धार्मिक गतिविधिमा समेत चामल आवश्यक पर्छ । यति महत्व दिइएको चामल के नेपालमा मात्रै विशेष हो त ? यसको उत्पत्ति र विस्तार कसरी भयो होला ?

नेपालमा धान खेतीको उत्पादनलाई हेर्दा तराईको फाँटदेखि हिमाली जिल्ला जुम्लामासम्म अनुकुल वातावरण देखिन्छ । धान खेतीको लागि तापक्रमले मुख्य भूमिका खेल्छ । धान लगाएको समयमा वायुमण्डलीय तापक्रम २१–३७ डि.से.सम्म उपयुक्त हुन्छ । गाँज हाल्ने समयमा तापक्रम २०–२५ डि.से. उपयुक्त हुन्छ भने फूल पसाउने समयमा तापक्रम २६.५–२९.५ डि. से. हुनुका साथै दिन लामो भएमा उत्पादन बढी हुन्छ (अन्नबाली खेती प्रविधि पुस्तिका–२०७४)।

सन् २०१८ मा विश्वभर उत्पादित धानको तथ्यांकको आधारमा हेर्दा विश्वमा वार्षिक ७६ करोड टनभन्दा धेरै चामल खपत हुने गरेको छ । विश्वका १२० मुुलुकमा उत्पादन हुने चामलमध्ये सबैभन्दा धेरै चीनमा (सन् २०१९÷२० को तथ्यांक अनुसार १४ करोड ६८ लाख मेट्रिक टन) धान उत्पादन हुने गरेको छ । धेरै धान उत्पादन हुने मुलुकमा भारत दोस्रो स्थानमा छ । सन् २०१९÷२० को तथ्यांक अनुसार भारतमा वार्षिक ११ करोड ८८ लाख मेट्रिक टन धान उत्पादन भएको थियो (स्टाटिस्टा डटकम) ।

भारतवर्षमा धानको उत्पादनको इतिहास खोज्दा वैदिक कालसम्म पुग्न सकिन्छ । यजुर्वेदमा धानका पाँच प्रजातिबारे उल्लेख गरिएको छ । त्यसमध्ये गर्मीमा उत्पादन हुने धानलाई ‘शष्टिका’, वर्षा याममा उत्पादन हुने चामललाई ‘वर्षिका’ वा ‘वृही’, पतझरको समयमा उत्पादन हुने चामललाई ‘शरद’ र चाडो मौसममा तयार हुने चामललाई ‘हिमातंका’ वा ‘शाली’ भन्ने उल्लेख छ (फुड एण्ड ड्रिंक्स अफ एन्सियन्ट इन्डिया –डा. ओमप्रकाश (सन् १९६१)।

वैदिक साहित्यपछिका संहिता एवं स्मृतिग्रन्थहरुमा पनि धानको उत्पादनबारे धेरै प्रमाण पाइन्छ । सुश्रुतले ‘विश्यण्डक’ नामक परिकारको उल्लेख ‘सुश्रुत संहिता’मा गरेका छन् । जुन परिकार बनाउँदा चामललाई घिउमा भुटेर तयार पारिन्छ । यसबाहेक हामीले तयार पार्ने खीरको बारेमा पनि विभिन्न वैदिक साहित्यमा उल्लेख छ । त्यस्तै, ‘उत्रैका’ भन्ने अर्को परिकार छ, जुन चामलबाटै बन्ने परिकार हो । यसबाहेक ‘पुपालिका’ चामलबाटै बन्ने अर्को खाद्य परिकार हो । जुन हिजोआज तयार पार्ने केकजस्तै आकारमा पकाएर तयार पारिन्थ्यो ।

चरक संहितामा कामोद्दीपक औषधि तयार पार्ने क्रममा पनि चामलको पीठोको चर्चा गरिएको छ । गोहीको अण्डालाई चामलको पीठोमा हालेर घिउमा पकायो भने कामोत्तेजना बढ्छ भन्ने चरक संहितामा उल्लेख छ ।

चामलको इतिहास

जंगली घाँसलाई भकारीमा भर्दासम्मको इतिहास धेरै लामो छ । यसले कति समय जंगली घाँसकै अस्तित्वमा बितायो त्यो खोजीको विषय होला । तर मान्छेले भकारीमा भर्न थालेपछिको इतिहास नै धेरै लामो भेटिन्छ ।

पुरातत्ववेत्ताहरु चीनमा आजभन्दा ३००० देखि ४००० वर्षको बीचमा धानको उत्पादन शुरु भएको बताउँछन् । चीनमा चामलको इतिहासबारे लेखिएको पुस्तक जेङ छ्योङसेङको पुस्तक ‘चीनमा चामलको इतिहास’मा पनि यही उल्लेख छ । इसापूर्व ७७० देखि इसापूर्व ४७६ को बीचमा चीनको मुख्य अन्न नै चामल बनेको थियो (द हिस्ट्री अफ राइस इन चाइना–जेङ छ्योङसेङ)।

अर्को विचारधाराले विश्वास गर्छ कि धानको बोट दक्षिणी भारतमा उत्पत्ति भएको हुनसक्छ । त्यसपछि देशको उत्तरमा फैलियो र त्यसपछि चीन हुँदै कोरिया पुगेर २००० इसापूर्वमा हालको फिलिपिन्ससम्म पुग्यो र लगभग १००० ईसापूर्वमा यो जापान र इन्डोनेसियासम्म विस्तार भयो भन्ने इतिहास भेटिन्छ ।

तर, पुरातात्विक प्रमाणले भने एसिया महादेशमा पहिलोपल्ट चीनको यांगत्से नदीको किनारमा धानको उत्पादन शुरु गरिएको देखाएको छ । जीवशास्त्रको एउटा शाखा मोर्फाेलोजिकल अध्ययनका अनुसार डायटंगुहन गुफा क्षेत्रमा उत्पादित धानको प्रमाण पाइएको छ । त्यहाँको प्रमाण अनुसार आजभन्दा १२ हजार वर्ष पहिले नै धानको उपभोग शुरु भइसकेको वैज्ञानिक प्रमाणले देखाउँछ ।

वैदिककालसम्म भारतवर्षको प्रधान अन्न गहुँ थियो । त्यसपछि चामलले गहुँको ठाउँ लियो । चामलको उपभोग एसिया क्षेत्रमा धेरै हुन्थ्यो । इसापूर्व चौथो शताब्दीतिर विश्व विजय गर्न निस्किएका अलेक्जेण्डरले भारतवर्षबाट पश्चिममा चामल भित्र्याए भन्ने पश्चिमी इतिहासमा भेटिन्छ । त्यतिबेला चामललाई ‘ओरिजोन’ नाम राखिएको थियो । अलेक्जेन्डरको समयपछि हालको इजिप्ट, स्पेन लगायतका मुलुकहरुमा पनि चामलको उत्पादन शुरु भयो ।

अफ्रिकन चामलको नामबाट आजभन्दा ३५ सय वर्ष पहिले नै उत्पादन शुरु भएको भएपनि पछि पोर्चुगल र नेदरल्याण्ड्स जस्ता मुलुकहरुले आफ्नो उपनिवेशसँगै अफ्रिकामा चामलबाट बनेका परिकार खाने चलन बढाएर लगे । त्यसपछि बिस्तारै चामल संस्कार अमेरिकासम्म पुगेको देखिन्छ ।

चामलसँग जोडिएका अनौंठा संस्कार

संसारका विभिन्न मुलुकमा धानसँग जोडिएका रोचक किस्साहरु भेटिन्छन् । चीनमा चामललाई लिएर एउटा रोचक किंवदन्ती छ । जस्तो, केटीहरु आफ्नो थालमा जति धेरै भात छाड्छन्, उति नै उनीहरुको पतिको अनुहारमा डण्डीफोर आउँछ भन्ने विश्वास छ । शायद यो अन्न जोगाउनको लागि तयार पारिएको किंवदन्ती पनि हुन सक्छ ।

जापानमा यो विश्वास गरिन्छ कि पकाउनुअघि चामल भिजाउँदा त्यो परिकारबाट सकारात्मक ऊर्जा उत्पन्न हुन्छ र त्यसले खानालाई थप शक्तिशाली बनाउन सहयोग गर्छ । इन्डोनेसियामा राम्रोसँग चामलको परिकार बनाउन नजान्ने बुहारीलाई घर गर्न सहज हुँदैन । त्यहाँ बुहारी छनोट गर्ने सबैभन्दा ठूलो आधार यही हो । यसरी विभिन्न मुलुकको संस्कृतिमा चामलको महत्व छुट्टै छ । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ बैशाख २०, मंगलवार १८:३६
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ बैशाख २०, मंगलवार १८:३६
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ बैशाख २०, मंगलवार १८:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०७९ बैशाख २०, मंगलवार १८:३६
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०७९ बैशाख २०, मंगलवार १८:३६
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ बैशाख २०, मंगलवार १८:३६
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ बैशाख २०, मंगलवार १८:३६
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ बैशाख २०, मंगलवार १८:३६
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ बैशाख २०, मंगलवार १८:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व