आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा विद्यार्थी नेताहरु पनि चुनावी मैदानमा उत्रिएका छन । विद्यार्थी नेताहरु वडासदस्यदेखि वडाध्यक्ष, उप प्रमुख, प्रमुखसम्मका पदमा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका हुन ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द र नेकपा एकीकृत समाजवादीबाट दर्जनौँ विद्यार्थी नेताहरु चुनावी मैदानमा उत्रिएका छन । केही विद्यार्थी नेता अघिल्लो चुनावमा पनि सहभागि भएका थिए । भने केही पहिलो पटक चुनावी मैदानमा होमिएका छन ।
शुक्लाफाँटा नगरपालिका प्रमुख , उप प्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृकत समाजवादी निकट विद्यार्थी नेता चुनावी मैदानमा होमिएका हुन । माओवादी केन्द्रका तर्फबाट शुक्लाफाँटा मेयरका लागि नवराज ऐर र समाजवादीका तर्फबाट उप मेयर माधव पन्त देखिएका छन ।
अखिल क्रान्तिकारी पुर्व केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश कार्यबाहक संयोजक नवराज ऐरले नमुना नगरपालिका बनाएर नगरलाई सम्बृद्धि बनाउन आफ्नो उम्मेदवारी दिएको बताए । समाजवादी निकट अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष माधव पन्तले सुन्दर शान्त, निपष्क्ष न्याय र स्वच्छ अनुगमनका लागि आफ्नो उम्मेदवारी उपपमुखमा रहेको बताए ।
एमालेले अनेरास्ववियु कञ्चनपुरकी तत्तकालिका जिल्ला सदस्य एव महिला विभाग प्रमुख र केन्द्री महिला विभाग प्रमुखको जिम्मेबारी निर्वाह गरिसकेकी कमला बोहरालाई बेलौरी मेयरका लागि अघि सारेको छ । बोहराले बेलौरीलाई आर्दश नगरपालिका बनाउने जनताका आधारभूत आवश्यकता पुरा गर्दै सम्बृद्धि नगरपालिका बनाउने योजना अघि सारेकी छिन ।
बेदकोट नगरपालिकामा अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष चन्द्रकान्त भट्ट(सिके), तत्तकालिन अखिल छैठौँका केन्द्रीय महासचिव महेशराज जोशी, अनेरास्ववियुका पुर्व जिल्ला उपाध्यक्ष नरेश ब. सिह, अखिल क्रान्तिकारी पुर्व केन्द्रीय सचिवालय सदस्य मान बहादुर राना र अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला कार्यालय सदस्य दल ब. धामी(अबिरल) चुनावी मैदानमा उत्रिएका छन ।
भट्ट, जोशी र सिह पुन चुनावी मैदानमा हुन । अघिल्लो चुनावमा अनेरास्ववियुका नेता नरेश सिहले बेदकोट २ बाट वडाध्यक्ष जितेका थिए । यस पटक पनि उनलाई एमालेले टिकट दिएको छ । सिहले बाँकी रहेका अधुरा काम गर्नका लागि चुनावी मैदानमा उत्रिएको बताए ।
अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष चन्द्रकान्त भट्ट(सिके)ले पुन बेदकोट नगरपालिका ७ को वडाध्यक्षको यात्रा तय गरेका छन । उनले वडाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । यस्तै अघिल्लो चुनावमा तत्तकालिन जनमोर्चाबाट बेदकोट नगर मेयरका लागि उठेका थिए ।
अहिले समाजवादीबाट बेदकोट ८ को वडाध्यक्षमा उम्मेदवार छन । जोशीले नमुना वडा बनाएर जनतालाई अधिकतम सेवा सुविधा दिने घोषणा गरेका छन । माओवादीबाट बेदकोट २ को वडाध्यक्षमा उम्मेदवार मान बहादुर रानाले भ्रष्टाचारमुक्त वडा बनाउने बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरमा कार्यालय सदस्य नेता दल बहादुर धामी(अबिरल)ले बेदकोट नगरपालिका १ सदस्य पदमा उम्मेदवारी दिएका छन । धामीले राजनीतिक रुपमा संविधानको रक्षाका लागि युवा विद्यार्थी आउनुपर्नेमा आवश्यकता अनुरुप उम्मेदवारी दिएको बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व जिल्ला अध्यक्ष बिरेन्द्रराज विष्ट भीमदत्त नगरपालिका १८ को वडाध्यक्षमा दौडिएका छन । उनले व्यवस्था परिर्वतन भएपनि जनताको अवस्था परिर्वतन नभएकाले अवस्था परिर्वतनका लागि आफ्नो उम्मेदवारी वडाध्यक्षमा परेको बताए ।
नेवि संघ पुर्व केन्द्रीय सदस्य प्रकास थापाले भीमदत्त नगरपालिका ११ काँग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन । उनले राजनीतिक संस्कार र जनताको चाहना अनुरुप विकासका लागि चुनावमा होमिएको बताए । नेवि संघ पुर्व क्षेत्रीय सभापति मदन मिश्रले भीमदत्त नगरपालिका ८ बाट वडाध्यक्षमा उम्मेदवारमा देखिएका छन ।
उनले वडालाई भ्रटाचारमुक्त वडा बनाउँदै विकास गर्ने बताए । नेवि संघ कञ्चनपुरका तत्तकालिन जिल्ला सभापति टेक पाण्डे कृष्णपुर ५ र नेवि संघ तत्तकालिन केन्द्रीय सदस्य कैलाश चन्द भीमदत्त ४बाट वडाध्यक्षको दौडमा छन । काँग्रेसबाट कृष्णपुर ५ बाट वडाध्यक्षका उम्मेदवार वाण्डेले वडालाई भ्रष्टाचारमुक्त बनाउने बताए ।
भने भीनपा ४को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका कैलाश चन्दले बजारको वडा भएकाले लागु औषधबाट मुक्त गराउँदै विकासका कार्यक्रम गर्ने घोषण गरे । अखिल क्रान्तिकारी पुर्व केन्द्रीय सचिवालय सदस्य धर्म बहादुर सिहले माओवादी केन्द्रबाट कृष्णपुर नगरपालिका ४ बाट वडाध्यक्षबाट उम्मेदवार बनेका छन ।
उनले वडाको विकासका लागि आफुले उम्मेदवारी दिएको बताए । दोधाराचाँदनी नगरपालिका ६ बाट एमाले निकट विद्यार्थी नेता बस्नेत पुन वडाध्यक्षमै चुनावी मैदानमा होमिएका छन । बस्नेतले नमुना वडा बनाएर जनतालाई विकासको मुल धारमा ल्याउने बताए ।
अखिल क्रान्तिकारी पुर्व केन्द्रीय सदस्य दिपक भट्टले शुक्लाफाँटा नगरपालिका ७को वडाध्यक्षमा उम्मेदवारी लिएर चुनावी मैदानमा उत्रिएका छन । भट्टलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनले संविधान र संघीयताको मर्म अनुरुप गाँउ दुर दराजका जनताको पक्षमा काम गर्ने प्रण गरेका छन ।
एमालेबाट बेलडाँडी १ वडाध्यक्षमा उम्मेदवार ंशंकर भट्ट अनेरास्ववियुका पुर्व कोषाध्यक्ष हुन । उनले वडाको सम्बृद्धि र राजनीतिक पुस्तास्न्तरणका लागि उम्मेदवारी दिएको बताए । पुर्व एमाले निकट अनेरास्ववियु जिल्ला सचिवालय सदस्य विमल बमले शुक्लाफाँटा नगरपालिका ४ वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका छन । ‘दलिय राजनीतिले खासै विकास भएन, भ्रष्टाचार मात्रै भयो, ‘उनले भने, ‘भ्रष्टाचारलाई रोक्छु सम्बृद्धि वडा बनाउँछु ।’ जनसरोकार पोस्ट बाट सभार









Discussion about this post