Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आमाको लागि सर्वोत्तम हुनसक्छन् यी पाँच उपहार !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

आमा संसारकै सबैभन्दा प्रेमिल रचना, अनि पवित्र नाता । आमा, जुन शब्दमा जीवन र जगतको विराट अर्थ समेटिएको हुन्छ ।

आमा जस्तोसुकै दुःख झेल्न तयार हुन्छिन् । जस्तोसुकै पीडा लुकाउन तयार हुन्छिन् । आमा जस्तोसुकै कष्ट छिचोल्न तयार हुन्छिन् । केवल आफ्ना सन्तानको खातिर । सन्तान सुखले नै आमालाई परम् सन्तोष मिल्छ ।

भोलि (शनिबार) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमालाई स्मरण गर्ने विशेष दिन । हुन त आमाप्रति माया दर्शाउन कुनै सन्दर्भ चाहिंदैन । यद्यपि मातातीर्थ औंसी आमाको निम्ति विशेष र स्मरणीय बनाउन सकिन्छ । अतः यसबेला आमालाई मीठो मसिनो खुवाएर उपहार दिने प्रचलन छ ।

यस्ता उपहारले आमालाई मात्र नभई छोराछोरीलाई समेत खुसी र आनन्द दिन्छ ।

मोबाइल

मोबाइल अहिले अत्यावश्यक जस्तै भएको छ । अहिले बढ्दो सहरीकरणले लाखौं आमाहरु सन्तानबाट टाढिएका छन् । आमाहरु गाउँमा छन्, छोराछोरी सहरमा । आमाहरु देशमा छन्, छोराछोरी विदेशमा ।

यस्तोमा कुराकानी गर्नका लागि, माया साट्नका लागि मोबाइल एउटा सेतु बन्नसक्छ । टाढिएका सन्तानसँग अडियोमा मात्र होइन, प्रत्यक्ष देखादेख गरेर भिडियोमा कुराकानी गर्न सक्छिन् । त्यति मात्र होइन, एक्लोपन वा पट्यारलाग्दो दिन कटाउने साधन पनि बन्छ यो ।

चाहे रेडियो सुन्न होस् वा फोटो र भिडियो हेर्नका लागि, मोबाइल उपयोगी हुन्छ । पहिले पहिले आमाबुवाहरु धार्मिक ग्रन्थ पढ्थे । अहिले अडियोमा यस्तो सामग्री उपलब्ध हुन्छन् । त्यसो त टर्च बाल्न होस् वा घडी हेर्न, मोबाइलले सबै काम गर्छ ।

मोबाइलमा अरु थुप्रै फिचर्स वा एप हुन्छन्, जो उनीहरुको लागि उपयोगी हुनसक्छ ।

व्यायाम गर्दा र हिंड्दा लगाउने लुगा

अहिले सबैजसो स्वास्थ्यप्रति सचेत छन् । उनीहरु व्यायाम गर्न थालेका छन् । बिहान र साँझ हिंड्न वा दौडिन थालेका छन् । आमाबुवाहरु स्वास्थ्य र तन्दुरुस्तीका लागि यसरी नै हिंड्ने गर्छन् । उनीहरु व्यायाम पनि गर्न सक्छन् । योग, प्राणायाम गर्न सक्छन् । यस्तोे अवस्थामा साडी, लुंगी, कुर्ता सुरुवाल आदि असहज हुनसक्छ । त्यसैले उनीहरुलाई खुकुलो टाउजर, टिसर्ट, स्पोर्टस् सुज खरिद गरिदिन सकिन्छ । यस्तो उपहार आमाको लागि निकै उपयोगी हुन्छ ।

इन्डोर प्लान्ट

इन्डोर प्लान्ट पनि आमाको लागि राम्रो उपहार हुनसक्छ । आमाले जुन कोठामा बढी समय बिताउँछिन्, त्यहाँ यस्ता बुट्याउन सजाउन सकिन्छ । यस्ता थुप्रै इन्डोर प्लान्ट हुन्छ, जो घरभित्र राख्दा वायु शुद्धीकरण गर्ने काम गर्छ । त्यसैगरी हेर्दा आकर्षक हुन्छ ।

चिरिच्याट्ट कोठा अनि त्यही अनुरुपको सजावट देख्दा आमाको मन प्रफुल्ल हुन्छ । उनीहरुलाई यसले मानसिक रुपमा पनि स्वस्थ राख्छ । साथसाथै फूललाई स्याहार्नुपर्ने, मलपानी लगाउनुपर्ने भएकाले शारीरिक रुपमा पनि सक्रिय राख्छ ।

घरेलु सामग्री

अहिले धेरैजसो छोराछोरी कामकाजी हुन्छन् । कुनै रोजगार, उद्यम, व्यवसाय गरिरहेका हुन्छन् वा पठनपाठन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा दिनभर घरमा आमा एक्लै बस्नुपर्ने हुनसक्छ । घरमा बसेको बखत तातोपानी खान, तातो नास्ता खानुपरेमा सोही किसिमको भाँडावर्तनको व्यवस्था गरिदिन सकिन्छ । जस्तो, पानी तताउन विद्युतीय जग, खानेकुरा तातो राख्न हटकेस, खानेकुरा तताएर खान ओभन आदि उपयोगी हुन्छ । अतः आमाका लागि यस्ता सामग्री पनि उपहारमा दिन सकिन्छ ।

फोटो एल्बम

फोटो एल्बमको जमाना हराइसक्यो । प्रिन्टेट फोटो सजाएर संग्रहित गर्ने चलन हराउँदै छ । यद्यपि आमाहरु जुन समयमा हुर्किए, उनीहरुको समयमा फोटो एल्बमको खास महत्व हुन्थ्यो । यस्तो फोटो एल्बमले उनीहरुलाई नोस्टाल्जिक बनाउन सक्छ । अर्थात् आफ्नो बाल्यकाल, युवा अवस्थामा फर्कन सक्छन् र यसले उनीहरुको मुड रोमान्टिक बनाउनेछ । यसमा आमाको फोटो संकलन गरेर विभिन्न समय र परिवेशको फोटो राख्न सके अरु काइदा हुन्छ ।

सर्वोत्तम उपहार

आमाको लागि सर्वोत्तम उपहार भनेको तपाईंको खुसी र स्वास्थ्य हो । तपाईंले कुनै मदिरापान, धुमपान गर्नुहुन्छ वा अन्य कुलतमा हुनुहुन्छ भने,त्यसले सबैभन्दा पिरोलेको आमालाई नै हुन्छ । यदि यी लतबाट छुट्नुभयो र त्यसको खबर आमालाई सुनाउनुभयो भने आमाको लागि योभन्दा ठूलो खुसी अरु हुँदैन ।

मानौं, तपाईंको प्रवृत्ति भ्रष्ट छ, दूराचारी छ, परपीडक छ, स्वार्थी छ, असामाजिक छ भने कुनै न कुनै क्षण तपाईंको असली अनुहार उदांगो हुनेछ । यस्तो बेला तपाईंकी आमा सबैभन्दा बढी पिरोलिनेछन् । यदि यस्ता भ्रष्ट प्रवृत्तिलाई त्याग्नुभयो भने त्यो आमाको लागि सर्वोत्तम उपहार हुनेछ ।

तपाईं जति सरल जीवन बाँच्नुहुन्छ, आमा उति खुसी रहन्छिन् । तपाईंको खुसीमा नै आमाले परम् सन्तोष मान्ने हो । त्यसैले तपाईंको स्वास्थ्य र खुसी आमाको लागि सर्वोत्तम उपहार हुनसक्छ । आमाको स्वास्थ्य र खुसीको पनि उत्तिकै ख्याल गर्नुपर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व