सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शेयर बजार सामान्य बढ्यो

106
Sana Kishan

कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

Karnali Traders

आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेको दिन दुई सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार कित्ता शेयर एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेस्डो समृद्ध लघुवित्तको १० करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Arus

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै घलेम्दी हाइड्रो कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  19  =  28