
महेन्द्रनगर । वेदकोट नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले रक्त सञ्चार सेवाका लागि १ लाख रुपैया रेडक्रसलाई सहयोग गरेको हो ।

नगरपालिकाले प्रत्येक वर्ष रेडक्रसलाई आर्थिक सहयोग गर्दै आएको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

‘वार्षिक कार्यक्रम अनुसार रेडक्रसलाई सहयोग गरिएको हो,’ उनले भने, ‘निशुल्क रुपमा नगरवासीलाई रगत उपलब्ध गराउनका लागि नगरपालिकाले बार्षिक १ लाख सहयोग गर्दै आएको छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा प्रमुख प्रेम निदालले बुधबार संयुक्त रुपमा रेडक्रसलाई चेक हस्तान्तरण गरेका थिए ।
