सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा एमालेको घोषणा पत्र अनुमोदन, नयाँ पार्टी कार्यालयबाट वैशाख ९ गते सार्वजनिक गरिने

काठमाडौं :  नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्र अनुमोदन गरेको छ। सोमबार बसेको बैठकमा मस्यौदा समितिले तयार पारेको ’घोषणा पत्र’ प्रस्तुत गरिएको थियो। उक्त घोषणा पत्र अनुमोदन भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

 

उनका अनुसा पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गरिनेछ। उनका अनुसार सोही दिन प्रत्येक पालिकामा पनि घोषणा पत्र सार्वजनिक हुनेछन्।

 

Sana Kishan

त्यस्तै विभिन्न पालिका र जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवार रहेका व्यक्तिहरुको नाम सिफारिस भएकाले उनीहरुको नाम सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको उनले बताए।

 

 

World Link Ads
Mahakali Polytechnic

त्यस्तै थप १२ वटा विभाग बनाउने निर्णय भएको छ। पार्टीको सल्लाहकार परिषदमा १०५ जना थपेर २७८ पु¥याउने निर्णयसमेत भएको उनले बताए। उनका अनुसार सम्पर्क समन्वय समितिमा ५१ जना रहनेगरी अनुमोदन भएको र पार्टी स्थापनाको दिन पार्टी कार्यालय च्यासलस्थित तुलसी दास प्रतिष्ठानमा सर्ने बताए। त्यस्तै स्थापना दिवसकै अवसरमा १७ जना कम्युनिस्ट अगुवाहरुलाई सम्मान गर्ने निर्णय भएको उनले बताए।

 

(Source : annapurnapost.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.