सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा गठबन्धन: माओवादीलाई डिलाशैनी, कांग्रेसले लियो दोगडाकेदार र पञ्चेश्वर

बैतडी । सत्ता गठबन्धनमा सामेल दलहरुले बैतडीका केही पालिकामा बाडफाड टुंग्याएका छन् । पहिलो चरणमा जिल्लाका ३ वटा स्थानीय तहमा भागबण्डा गरिएको हो । बाँकी ६ वटामा पनि सहमतिमा पुग्ने गरी छलफल जारी छ ।

 

 

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसको भागमा परेको छ । त्यहाँ उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको छ । यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने हालका पालिका अध्यक्ष गोरखबहादुर चन्दलाई दोहो–याउँदै छ ।

 

 

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ । कांग्रेसले अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यहाँ उपाध्यक्ष काँग्रेसले लिने भएको छ ।

 

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बैठक स्रोतका अनुसार अन्य पालिकाको बाडफाडका लागि छलफल जारी छ । सिगास र सुर्नया गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरिरहेको छ । यी दुबै पालिका उसैलाई दिने सम्भावना बढी छ ।

 

 

Dirghayu Ads

माओवादीले पुरचौंडी नगरपालिका पाउनेमा उनीहरु ढुक्क छन् । त्यसबाहेकका दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाको छिनोफानो हुन बाँकी छ । यी नगरपालिकामा कांग्रेसको दाबी छ । माओवादीले मेलौलीमा पनि दाबी गरिरहेकाले सहमति जुटन नसकेको बैठक स्रोतले जनाएको छ ।

(स्रोत : simarekha.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.