सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावी तालमेल र गठबन्धनविरुद्ध नबोल्न नेपाली कांग्रेसको निर्देशन

103
Sana Kishan

काठमाडौं :  नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल र गठबन्धनविरुद्ध नबोल्न निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनविरुद्ध नजान र नबोल्न निर्देशन दिएको हो।

 

त्यस्तै चुनावी सभाहरूलाई चुस्त र छरितो बनाउन आग्रह गरेको छ। चुनावी सभा र प्रचारप्रसार समेतमा गठबन्धनलाई सामेल गरी व्यवस्थित गर्न निर्देशन दिएको हो।

 

Arus

बैठकले स्थानीय तह, वडा र टोलमा हुने चुनावी सभाको मापदण्ड तय गरेको हो। मापदण्ड अनुसार चुनावी सभा र प्रचारप्रसारका कार्यक्रम चुस्त र छरितो हुनुपर्ने छ। चुनावीसभा बढी दुई घण्टासम्म मात्रै सञ्चालन गर्नुपर्ने छ।

 

Karnali Traders

नेपाली कांग्रेसका उपसभापति समेत रहेकां स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले चुनावमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए। ‘गठबन्धनलाई साथसाथै लैजानुपर्छ। गठबन्धन बिना कांग्रेस पनि बलियो हुन सक्दैन,’ उनले भने।

 

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ।

 

(स्रोत :annapurnapost.com )

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.