

बैतडी । सत्तामा रहेका दलहरुको जिल्ला बैठक निष्कर्षबिहीन बनेको छ । शुक्रबार (आज) बैतडीमा बसेको गठबन्धनको बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा उम्म्दवार छनौटका विषयमा मात्रै छलफल भएको नेताहरुले बताएका छन् ।
बैतडीका १० स्थानीय तहमा उम्मेदवार टुंग्याउन निकै सकस बनिरहेका बेला सत्ता साझेदार दलहरु चुनावी तालमेलका लागि छलफलमा जुटेका हुन् ।


‘आज तयारी पुगेन्, सामान्य छलफल मात्रै भयो,’ माओवादी केन्द्रका नेता शंकर भण्डारीले भने ‘केन्द्रको निर्देशनअनुसार आपसी समझदारीमा जिल्लामा उम्मेदवार टुंग्याउने विषयमा पनि छलफल भयो, भोली फेरी बैठक बसेर थप छलफल हुन्छ ।’

बैठकमा नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रको तर्फबाट शंकर भण्डारी र नेकपा(एकीकृत समाजवादी)को तर्फबाट परमान्द भट्ट सहभागी थिए ।
(स्रोत : simarekha.com)
