सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा एमालेका अध्यक्ष ओलीले नुवाकोट पुगेर भने : दाइ शरण आउन् कि भाइ शरण

165
Sana Kishan

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोट अब आफ्नो पार्टीको ‘लालकिल्ला’ हुने दाबी गरेका छन् ।

 

 

शुक्रबार नुवाकोटमा आयोजित पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरु लक्षित टिप्पणी गरेका हुन् । अब नुवाकोट एमालेको किल्ला बन्ने भन्दै उनले भनेका छन्, ‘(रामशरण र प्रकाशरण महत) यो शरण आउन कि अर्को शरण आउन्, दाइ शरण आउन् कि भाइ शरण आउन्।’

 

Arus

उनले अघि भने, ‘(अर्जुननरसिंह÷केदारनरसिंह केसी) नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।’

 

 

Karnali Traders

एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरीका ७ सय ५३ वटै पालिकाहरुमा जित्नुपर्ने छ,’ उनले भने, ‘एमालेलाई जित्न नदिनका लागि घोषित रुपमा, अघोषित रुपमा गठबन्धन हुँदैछ ।’

 

 

आफ्नै गृह जिल्लामा पनि एमालेलाई हराउन गठबन्धनका दलले ‘राजावादी पार्टी’ लाई सघाउन लागेको उनको दाबी छ ।

 

‘मेरै निर्वाचन क्षेत्र, मेरै नगरपालिकामा राजावादी राप्रपाका उम्मेदवारलाई कांग्रेस, माओवादी लगायतका पार्टीले साझा उम्मेदवार बनाउँदैछन्,’ उनले भने, ‘अनि अस्ति एक जनाले भन्दै थिए, अब केपी ओली ज्ञानेन्द्र शाहसँग मिल्न जान्छ, राजावादीसँग मिल्न जान्छ । लाज हुनुपर्ने ! मेरै क्षेत्रमा साझा उम्मेदवार बनाउँदैछन् राजवादीलाई ।’

 

(Source : onlinekhabar.com)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.